Monday, April 23, 2012

सुनौलो भविष्य सहकारी मर्ज

मंगलबहादुर सुनार /
बैशाख १२ बसेरी धादिङ /
सुनौलो भविष्य कृषि सहकारी संस्था लिमिटेड सोमबार देखि साना किसान कृषि सहकारी संस्था बसेरीमा मर्च भएको छ । संस्थाका अध्यक्ष दलसिंह नेपालीको अध्यक्षता र साना किसान कृषि सहकारी संस्था लिमिटेड बसेरीका अध्यक्ष शिव भण्डारीको प्रमुख आतिथ्यमा हिजो भएको दोस्रो साधारण सभाले मर्ज गर्ने निर्णय गरेको हो ।
साधारण सभाले संस्थाको खातामा रहेको ८ लाख १८ हजार रुपैंया पनि साना किसान कृषि सहकारीको मातहतमा रहनेगरी बुझाउने निर्णय समेत गरेको छ । ९४ जना शेयर सदस्य रहेको सहकारी संस्था मर्ज भएसंगै साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई बाख्रा पालन, तरकारी खेती र हाउस वायरिङ सम्बन्धी तालिम सञ्चालन गर्न आग्रह गर्ने निर्णय भएकोे छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।