रेडियो कार्यक्रम

के तपाई पनि ब्लग चलाउन चाहनुहुन्छ ?

                          

विगत एक महिनामा मलाई नेपाल र खाडी मुलुकमा रहेका केही नेपाली भाईहरुको ईमेल प्राप्त भए । सबैजना केही लेख्‍न वा भनौं मनको भाव ब्लगको माध्यमबाट बिसाउन चाहन्थे । तर ब्लग कसरी खोल्ने र ब्लग खोल्न के-के गर्नु पर्छ भन्नेमा अलमल परेका थिए ।
केहीले त लेख्‍न मन भएको तर “वेबपेज डिजाईन” गर्न नजानेकोले सो कार्य गर्न नसकेको र केहीले भने क्रेडीट कार्डका माध्यमले पैसा तिरेर मात्रै ब्लग खोल्न सकिने समेतका गलत धारणा बनाएको पाएँ । अत: नब आगन्तुक ब्लगरहरु वा केही लेख्‍न खोज्ने नया सर्जकहरुलाई ब्लग खोल्न सहयोग होस भनेर यो टाँसो लेख्दैछु । (पुराना ब्लगरहरुलाई यो टाँसोको कुनै अर्थ नहोला है !, तर कसैले ब्लग कसरी खोल्ने भनेर सोधेमा यो लिन्क दिन भने सकिन्छ :)
सुरुमा म आफैं पनि यो बिषयमा जानकार नभएकोले कसरी र के लेख्‍ने भन्नेमा अलमल परिरहेको थिएँ । त्यत्तिकैमा एकदिन दूर्जेय चेतनाका ‘दूर्जेय’ जी ले पनि नयाँ ब्लगरलाइ सहयोग हुने गरि नेपाली भाषामा एउटा टाँसो लेख्‍न अनुरोध गर्नु भएकोले यो लेख्‍ने दु:स्साहस गर्दैछु ।
सबैभन्दा पहिला केही गलत धारणा र तथ्यहरु, प्रश्‍न र उत्तरको रुपमा:
प्रश्‍न: के ब्लग खोल्न र चलाउन कम्प्युटरमा पोख्त हुनु र HTML, JavaScript आदिको बारेमा जानकार हुनु जरुरी छ ?
उत्तर: छैन । तर कम्प्युटर टाईपीङ र ईण्टरनेटको समान्य ज्ञान भने जरुरी छ ।
प्रश्‍न: के ब्लग खोल्न पैसा तिर्नु पर्छ ?
उत्तर: पर्दैन । पैसा तिरेर आफ्नै डोमेनमा पनि ब्लग खोल्न सकिन्छ तर नि:शुल्क पाईने वेब स्पेसमा पनि पैसा तिरेर खोलिएकोमा जस्तै करिव करिव सबै सुबिधाहरु उपलब्ध हुन्छन्।
प्रश्‍न: कुरा अली बुझीएन !… ।
उत्तर: मेरो यही ब्लग पनि नि:शुल्क वा कतै पैसा नतिरी चलाईएको छ । यत्ति सम्मको ब्लग चलाउन कसैले पनि, कतै पनि पैसा तिर्नु पर्दैन ।
प्रश्‍न: ब्लग खोल्न के-के चाहिन्छ त ?
उत्तर: एउटा ईमेल ठेगाना ।
प्रश्‍न: के त्यसो भए ईमेल खोल्न पैसा तिर्नु पर्छ ?
उत्तर: यसको लागि चाहिने ईमेल ठेगाना पनि नि:शुल्क नै पाईन्छ । तपाईले आफ्नो हटमेल, याहूमेल, जिमेल वा अन्य कुनै पनि बैध ईमेल प्रयोग गर्न सक्नुहुन्छ ।
प्रश्‍न: त्यसो भए नि:शुल्क उपलब्ध भएका ब्लग स्पेस कुन कुन हुन त?
उत्तर: नि:शुल्क उपलब्ध ब्लग स्पेस पनि धेरै छन तर blogspot.com र wordpress.com भने बढी लोकप्रिय र प्रयोगमा आएका छन ।
प्रश्‍न: wordpress.com र blogspot.com कुन चाही राम्रो होला?
उत्तर: छोटकरीमा भन्दा दुबैको आ-आफ्ना विशेषता छन्। सुरक्षाको दृष्टीले wordpress.com लाई धेरैले राम्रो मान्छन र यसको कमेण्ट सिस्टम अहिले पनि ब्लगरको भन्दा सहज र बहु-उपयोगी छ । तर ब्लगमा विविधता दिन र नाप-नक्शाको परिवर्तन आदि गर्न blogspot.com मा बढि विकल्पहरु छन ।
प्रश्‍न: blogspot.com र wordpress.com मा खोलिएका ब्लगहरु कस्ता कस्ता हुन्छन । नमूना हेर्न सकिन्छ ?
उत्तर: मेरो यहि ब्लग पनि blogspot.com मा खोलिएको हो साथै अरु साथीहरुको योयो पनि blogspot.com मै खोलिएका हुन । त्यस्तै यो, योयो भने wordpress.com मा खोलिएका छन । (यि सबै नि:शुल्क खोलिएका ब्लग हुन)
प्रश्‍न: अब ब्लग कसरी खोल्ने त ?
उत्तर: नि:शुल्क उपलब्ध वेब स्पेसहरु पनि धेरैथरी छन । त्यस मध्य, माथि भनेजस्तै blogspot.com र wordpress.com मा ब्लग खोल्ने सामान्य तरिका यहाँ उल्लेख गर्दैछु ।
एउटै पोष्टमा सबै कुरा राख्दा लामो हुने भएकोले blogspot.com र wordpress.com मा ब्लग खोल्ने तरिका मैले भिन्ना भिन्नै पोष्टमा राखेको छु।
अब तपाई blogspot.com वा ब्लगर मा ब्लग खोल्न चाहनुहुन्छ भने त्यसको तरिका (step-by step guide) मैले नेपाली भाषामा यहाँ क्रमैसंग (सचित्र) दिएको छु।
wordpress.com मा ब्लग खोल्न चाहनुहुन्छ भने पनि सो को सचित्र विवरण (step-by step guide) नेपाली भाषामा यहाँ राखिदिएको छु । त्यहाँ क्रमैसंग दिईएका तरिका अपनाएर आफ्नै ब्लग दर्ता गरी चलाउनुहोस।
Happy Blogging !
(यो पोष्टमा ब्लग खोल्ने सम्बन्धमा नितान्त प्राविधिक कुराहरु मात्र समेटिएका छन। नयाँ ब्लग खोल्न र चलाउन उत्सुक प्रतिभाहरुलाई सहयात्री ब्लगर बसन्त गौतमजीले अन्य विभिन्न व्यबहारीक कुराहरु राखि तयार पार्नु भएको यो पोष्ट पनि निक्कै उपयोगी हुनेछ । )

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।