Tuesday, October 11, 2011

छिमेकी मुलुकहरु चीन र भारतबाट हामीले सिक्न नसकेका सहकारी विकासकाकुरा

लेखनाथ ढकाल
छिमेकी मुलुकहरु चीन र भारत आज विश्वका आर्थिक शक्ति बन्ने तयारीमा रहेका छन् । विश्वका धेरै जनसंख्या रहेका हाम्रा यी मुलुकहरुले समाजिक आर्थिक विकासमा सहकारी पद्धतिको उपयोगलाई भरपुर उपयोग गरि रहेका छन् । अन्तराष्ट्रिय सहकारी आन्दोलमा यी दुबै देशहरु नेतृत्वदायी भुमिकामा मात्र होइन विशाल जनसंख्या सहकारीमा सहभागी रहेको कारणले एसिया तथा प्रशान्त क्ष्ेत्र सहकारी आन्दोलनमा सबैभन्दा व्यापक बन्दै गएको छ । एउटा अचम्म लाग्दो तथ्य के रहेको देखिन्छ भने राजनीति, सामाजिक र साँस्कृतिक रुपमा नेपाल ठुला छिमेकीहरुबाट प्रचीन काल देखि नै प्रभावित हुँदै आएको तर यी छिमेकीहरुले विकास गरेको सहकारी क्षेत्रप्रति भने नेपालीहरु अनविज्ञ जस्तै रहेको अवस्था देखिन्छ ।
नेपालीहरु प्रचीन युग देखि नै चिनिया जनता र भारतीय जनता सँग अन्योन्याश्रित रहेका र आपसी सद्भाव, सहकार्य र सहयोगी इतिहाास पार गरेर आएको पाइन्छ । यद्यपी चीनिया जनता र भारतीय जनताले प्रयोजनमा ल्याएको सहकारी प्राक्टीसको बिषमा नेपाली जनताले उतिसारो भेउ पाउन नसेको देखिन्छ । यसको विविध कारणहरु हुन सक्छन् । विश्व सहकारी आन्दोलनको उज्यालो प्रकाशबाट लामो समय सम्म नेपाली समाज ओझेलमा रहनुको प्रमुख कारण भने जनता प्रति अनुत्तरदायी राज्यव्यवस्था नै रहेको थियो ।
हाम्रो छिमेकी भारत मानव चेतनाको विकास अगुवा मुलुक मानिन्छ । मानव सभ्यताको विकासमा भारतीय समाजको ठुलो योगदान छ । प्राचिन भारतीय समाजमा भएको विकास भएका ज्ञान विज्ञान र प्रविधिहरुका साथै सहकार्यका व्यवहारहरु उदाहरण्ीय मानिन्छन् । सहकारी सिद्धान्त र व्यवहारका क्षेत्रमा भारतीय समाज, परम्परा र व्यवहार निक्कै अगाडी बढेको पाइन्छ । भारतीय भुमिका सहकायैमा आधारित मानविय व्यवहार निक्के अगाडी बढेको थियो । यद्यपी आधुनिम रोचडेल र रैफिसन मोडलको सहकारी प्रक्रियाको सुरुवात व्रिटिस अधिनस्त समय सन् १९०४ मा व्रिटिस सरकार र व्युरोक्रेस्द्वारा निर्देशित सहकारी प्रचलन शुरुभएको झण्डै पचासवर्षसम्म व्रिटिस अधिनस्त समयमा सहकारी आन्दोलनमा विभिन्न क्षेत्रमा प्रयोग गर्न स्वतन्त्र भारतका नेताहरले खुल्ला वातावरणको अवस्था बनाए । सहकारी आन्दोलमा जनताको सहभागीतामा व्यापकता आयो भारत स्वतन्त्र भएपछिको अवधिमा आर्थिक गतिविधिका विभिन्न क्षेत्रमा सहकारी मार्फत जनसहभागिताको व्यापकता बढ्यो । दुग्ध व्यवसाय, उखु खेती, कृषि विभिन्न क्षेत्रमा सहकारीको व्यापक उपयोग गरियो । दुध, कृषि मलखाद,चिनी उत्पादन आदि क्षेत्रमा भारतलाई विश्व अगुवा राष्ट्र बनाउन सहकारी क्षेत्रको ठुलो योगदान रहृयो । भारतमा आधुनिक सहकारी अभियानको सुरुवात भएको एक सय वर्षको सतवार्षिक महोत्सव वर्ष सन् २००४ मा भारत स्वतन्त्र भए पछिका प्रधान मन्त्री जवहारलाल नेहरुलाई भारतको सहकारी पुरुषको रुपमा सम्मान गरियो । भारतीय सहकारी आन्दोलनको एउटा विशेषता के उल्लेख गर्न लायक छ भने त्यहाको  सामाजिक, धार्मिक, साँस्कृतिक र राजनैतिक पार्टीका मानिसहरु रहेका सहकारी संघ÷संस्था सबै निर्णयहरु सर्वसम्मत हुने परम्परा छ । अन्तराष्ट्रिय सहकारी आन्दोलनको नेतृत्वदायी जिम्मेवारीमा भारतीय सहकारीका नेता रहेका छन् । अन्तराष्ट्रिय सहकारी महासंघको एसिया प्यासिपिक क्षेत्रिय संगठको मुख्य कार्यालय नै नयाँ दिल्लीमा रहेको छ ।
उत्तर विशाल देश चीन पनि एउटा प्राचीन इतिहास बोकेको मुलुक हो । चीनबाट नै मानव सभ्यताको विकास भएको इतिहास छ । आधुनीक सहकारीको कुरा गर्दा चीनमा झण्डै एक शताब्दी पहिल्यै सुरुवात भएको हो । चीनका  ऐतिहासिक शाषक डा.सनयात्सेनले उन्नाइसौं शताब्दीको प्रथम दशकमा नै सम्पूर्ण चिनियाँ भु–भागबाट ५ वर्ष भित्र गरीवि उल्मुलन गर्ने योजनाको प्रमुख औजार सहकारी पद्धतीलाई लिएका थिए । यसैलाई चिनियाँ इतिहासमा सहकारी आन्दोलनको सुत्रपात मानियको छ । चीनलाई जापानले आक्रमण गरेर औद्योगिक क्षेत्र खास गरी समुन्द्रतटका औद्योगिक प्रतिष्ठानहरु तहसनहस भएको अवस्थामा विस्थापित जनताको पनर्वास व्यवस्थापनमा सहकारीको ठुलो योगदान रहेको कुरा चिनियाँ सहकारी इतिहासको उल्लेख्य पक्ष मानिन्छ । जापानी साम्राज्यको चङ्गुलबाट मुक्त हुँदै नौलो जनवादी गणतन्त्र चीनको स्थापनाकाल अगाडी पछाडी चिनियाँ नेता माओत्सेतुङले चिनियाँ समाजको रुपान्तरण र आधुनिकिकरणमा सहकारी पद्धतिको उपयोमा ठुलो महत्व दिए । सन् १९४२ तीर सुरु गरिएको किसान आन्दोलनको सुरुवात सँगै ग्रमिण सहकारी अभियानमा जोड दिइएको थियो । नौलो जनवादी युगमा सहकारीलाई कम्युनको रुपमा उपयोग गरियो ।
सन् १९७९ पछि चिनियाँ अर्थतन्त्रमा अपनाइएको नीति अनुसार सहकारी आन्दोलनले पनि नयाँ अवस्थाबाट अगाडी बढ्ने क्रम सुरु भयो । आधुनिक सहकारी आन्दोलनको विश्व व्यापी प्राक्टीसमा चीनको पहल र नेतृत्व उल्लेख्य मात्रामा रहेको मात्रामा रहेको छ । अन्तराष्ट्रिय सहकारी महासंघको उपाध्यक्ष र यसको एसिया तथा प्रशान्त क्षेत्रिय संगठनको अध्यक्षमा चीनले महत्वपूर्ण भमिका खेलिरहेको छ । 
नेपालको सामाजिक र आर्थिक विकासमा हाम्रा विशाल दुई छिमेकी मुलुकका सहकारी आन्दोलन र नेपाली सहकारी आन्दोलनको बीचमा हुने मैत्री सम्बन्ध र सहकार्य लाई अझ प्रभावकारी बनाइनु आवश्यक देखिन्छ ।


1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन
तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।