Monday, April 2, 2012

सहकारी दिवसमा सहकारीहरु सम्मानित

चैत्र २१  धादिङबेसी /
५५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर धादिङका विभिन्न सहकारी र सहकारीकर्मीहरु सम्मानित भएका छन् । वर्षभरीमा उत्कृष्ठ काम गर्ने धादिङ जिल्लाका सहकारी संचालक, कर्मचारी र सहकारी संस्थाहरु सम्मानित भएका हुन् ।
सहकारी वर्ष २०१२ तथा ५५औंँ राष्ट्रिय सहकारी दिवसको अवसरमा डिभिजन सहकारी कार्यालय धादिङले आज सदरमुकाम धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ काम गर्ने सहकारी तथा सहकारीकर्मीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा उत्कृष्ठ सहकारी संस्थाहरु तर्फ थाँक्रेको सरस्वती महिला वचत तथा ऋण सहकारी संस्था, गजुरीको महिला विकास कृषि बहुउद्देश्यीय सहकारी संस्था र सुनौलाबजारको सुनौलाबजार कृषि बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
यसैगरी उत्कृष्ठ सचांलकहरुमा जिल्ला सहकारी सघं धादिङका सचिव गगांदत्त तिमिल्सिना, व्यवस्थापकहरु मध्ये मुलपानी कृषि बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक कोपिला अधिकारीलाई सम्मान गरिएको छ । यसैगरी कार्यालयबाट सम्पादन गरिने कार्यमा महत्वपूर्ण सहयोग पु¥याएवापत उत्कृष्ट कर्मचारीको रुपमा डिभिजन सहकारी कार्यालयका कार्यालय सहयोगीहरु नेत्रप्रसाद थपलिया र दिनेश अर्याल १ हजार नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मानित हुनुभएको छ ।
त्यस्तै ५५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित ¥यालीमा अनुशासन देखाएबापत सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ महिला वचत तथा ऋण सहकारी संस्थालाई पनि सम्मान गरिएको छ । सोमबार बिहान धादिङबेसी पुच्छारबजारबाट शुरु भएको ¥याली शितलबजार स्थित उद्योग वाणिज्य सघंको हलमा गएर सम्मान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेल, स्थानिय विकास अधिकारी शकंर नेपाल, डिभिजन सहकारी कार्यालय धादिङका सहकारी अधिकृत रुद्र पौडेल, कोष तथा लेखा नियन्त्रक हरिनारायण सिटौला सहित विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेपालमा २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी स्थापना भएको दिनलाई राष्ट्रिय सहकारी दिवसको रुपमा मनाईंदै आएको छ ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन
तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।