Saturday, April 28, 2012

आठ सहकारीका सञ्चालक फरार

काठमाडौं, १४ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा काठमाडांैमा वित्तीय कारोबार गर्दै आइरहेका आठ सहकारी संस्थाका सञ्चालक फरार भएका छन् । उनीहरू निक्षेपकर्ताको करोडौँ रकम लिएर फरार भएका हुन् । कमजोर कानुन र प्रभावकारी अनुगमन हुन नसक्दा सर्वसाधारणको करोडौँ  रुपियाँको निक्षेप फसेको छ । काठमाडौंका घरैपिच्छे स्थापना भएका सहकारीका प्रभावकारी अनुगमन हुन नसक्दा  सहकारीको नाममा ठगी धन्दा फस्टाउँदै आएको छ । फरार हुनेमा प्रकाश कार्की अध्यक्ष रहेको ग्रेस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, शैलेशत्री खत्री अध्यक्ष रहेको कमलिन बचत तथा ऋण सहकारी, दावा लामा अध्यक्ष रहेको डिमान्ड सेभिङ एन्ड क्रेडिटको अपरेटिभ लिमिटेड रहेका छन् ।
त्यस्तै, यदुकुमार गजुरेल अध्यक्ष रहेको गगनचुली बचत तथा ऋण सहकारी, बद्री आचार्य अध्यक्ष रहेको पिताश्री बचत तथा ऋण सहकारी, खिलाबहादुर बम्जन अध्यक्ष रहेको कस्मिक बचत तथा ऋण सहकारी, जीवन सुनार अध्यक्ष रहेको सिन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गंगा कार्की अध्यक्ष रहेको हिमशिखर को–अपरेटिभ लिमिटेड रहेका छन् । ग्रेस, पिताश्री र सिनका अध्यक्ष जेलमा छन् । उनीहरूको मुद्दा चलिरहेको डिभिजन सहकारी कार्यालय काठमाडौंका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए ।
कमलिन, डिमान्ड, कस्मिक, गगनचुली र हिमशिखरका अध्यक्षलगायत अन्य सञ्चालक अझै फरार रहेको उनले जानकारी दिए । पीडित निक्षेपकर्ताले दिएको जानकारीअनुसार डिभिजन कार्यालयले पक्राउ गर्न महानगरीय प्रहरी प्रभाग हनुमान ढोकामा पत्राचार गरेको भए पनि अझै पक्राउ नपरेको शर्माले बताए । सञ्चालकले कति निक्षेप लिएर फरार भए भन्नेबारे खुल्न सकेको छैन । निवेदन दिएका आधारमा कार्यालयले अनुगमन गर्दा कार्यालय नै बन्द गरी फरार भएको डिभिजन सहकारी कार्यालयले जनाएको छ । ‘संस्थाको हिसाब–किताव पारदर्शी छैन,’ शर्माले भने, ‘कति रकम लिएर फरार भएको भन्ने एकिन गर्न गाह्रो छ ।’ ती सहकारीहरूले सहकारी कार्यालयमा मासिक बुझाउनु पर्ने वित्तीय विवरणसमेत नबुझाएको र दर्ता भएदेखि नै सहकारी कार्यालयमा सम्पर्क नभएकाले कति रकम लिए भन्ने छुट्याउन गाह्रो हुने उनले बताए ।
करिब डेढ करोड चुक्ता पुँजी रहेको कमलिन बचत तथा ऋण सहकारी संस्था ०६५ सालमा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई सञ्चालनमा थियो । काठमाडांैकै सबैभन्दा लोकप्रिय वल्र्ड ट्रेडसेन्टरभित्रकै सहकारीका सञ्चालक फरार हुनुलाई रहस्यमय तवरले हेरिएको छ । त्यस्तै, एक वर्षअघि खारेज भएको हिमशिखरले तीन करोड ठगी गरेको निक्षेपकर्ताहरूले बताएका छन् । संस्थाका अध्यक्ष गंगा कार्की २० चैत ०६८ देखि सम्पर्कबिहीन रहेका छन् ।
१ वैशाख ०६८ देखि लागू भएको सहकारी दर्ता सञ्चालन, नियमन तथा अनुगमनसम्बन्धी मापदण्ड ०६८ मा कार्यक्षेत्रबाहिर बसोवास गर्ने व्यक्ति संस्थाको सञ्चालकसमिति वा लेखासमितिको पदाधिकारी भएको पाइएमा, ठगी प्रकरणका रूपमा लिई सञ्चालक समितिका पदाधिकारी र व्यवस्थापकलाई सम्बन्धित सहकारी कार्यालयले काराबाहीका लागि प्रहरीसमक्ष लेखी पठाउने व्यवस्था भएबमोजिम प्रकाउ गर्न पत्रचार गरिएको अधिकृत शर्माले बताए ।
केही फरार सञ्चालक पक्राउ परेको भए पनि अन्य सञ्चालक पक्राउ परेको कुनै जानकारी कार्यालयमा नआएको उनले बताए ।
त्यस्तै, बचत निक्षेपको रकम निजी व्यवसायमा लगानी गरेमा, निजी प्रयोजनका लागि अनधिकृत रूपमा सञ्चालकले कोषको अपचलन गरेमा, साधारणसभा नबोलाई र निर्वाचन प्रक्रिया पूरा नगरी आफूखुसी सञ्चालक वा लेखासमितिको पदाधिकारी थपघट गरेमा, पटकपटक भ्रम सिर्जना हुने आकर्षक विज्ञापनरसूचनामार्फत सदस्य विस्तार वा कारोबार बढाउने काम गरेको भेटिएमा अनधिकृतरूपमा संस्थाको कारोबारमा संलग्न रहेको ठहर भएमा प्रहरी प्रशासनलाई पत्रचार गर्ने व्यवस्था मापदण्डमा रहेको छ । सौर्य दैनिकबाट साभार

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन
तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।