![]() |
लेखनाथ ढकाल |
विश्वका एक अर्ब मानिसको सक्रिय सङ्लग्नता रहेको सहकारी आन्दोलनले विश्वको राजधानी घोषणा गरेको छ । सन् २०१२ को नोभेम्वरमा मेक्सिकोमा सम्पन्न भएको ईण्टरनेशनल को–अपरेटिभ अलायन्स(आईसीए)को जनरल एसेम्लीले सहकारीको उद्गम स्थान र सहकारीका संस्थापकहरूको योगदानको सम्मान गर्दै वेलायतको मेनचेस्टरलाई विश्व सहकारी आन्दोलनको राजधानी मान्ने घोषणा गरेको छ । वेलायत अव सहकारी आन्दोलनको केन्द्र बन्ने भएको छ । आध’निक सहकारीको उत्पत्ति, विकास र विश्वव्यापीकरणका लागि बेलायतको योगदानको कदर गर्दै यो निर्णय सर्बसम्म्तीले गरिएको हो । आईसीए विश्व सहकारी आन्दोलनको नेतृत्व र प्रतिनिधित्व गर्ने संसरको सबैभन्दा ठूलो र जेठो गैरसरकारी क्षेत्रको संगठन हो ।
आईसीएका अध्यक्ष संयुक्त राष्ट्र संघको स्थापना कालदेखि नै यसको सामाजिक–आर्थिक परिषदमा प्रमुख सल्लाहकारका रूपमा रहने गरेका छन् । आईसीएमा हाल ९६ देशका २६७ वटा सहकारी संघ संस्था सदस्य रहेका छन् । कतिपय सहकारीका क्षेत्रीय स्तरका अन्तर्राष्ट्रिय संघ वा महासंघहरू यसमा सदस्य रहेका कारणले अप्रत्यक्ष रूपमा यहाँ उल्लेख गरिएभन्दा धेरै देशहरू यसमा सहभागी रहेका छन् । नेपाल पनि अन्तर्राष्ट्रिय सहकारी आन्दोलनको सक्रिय हिस्साको रूपमा यसको सदस्य रहेको छ । विश्वमा सफल सहकारीको सुरूआत वेलायतको मेनचेस्टर नजिकैको रोचडेल भन्ने ठाउमा सन् १८४४ मा भएको हो र यो अधियान विश्वव्यापी बन्दै गयो । सन् १८९५ मा आईसीएको स्थापना भयो । विश्वका एक अर्ब मानिस सहकारीमा आबद्ध रहेको तथ्याङक प्रकाशमा आएको छ । विश्वको शान्तिपूर्ण, दीगो र समान सामाजिक–आर्थिक विकासका लागि सहकारीको महत्व र गरिमालाई अझ व्यापक बनाउन संयुक्त राष्ट्र संघले सन् २०१२ लाई अन्तर्राष्ट्रि सहकारी वर्ष मनाउने घोषणा गरेको छ । र, विश्वभर सहकारी वर्षका रूपमा सबै देशले मनाई रहेका छन् । नेपालमा पनि कृषि तथा सहकारी मन्त्री माननीय नन्दनकुमार दत्तको अध्यक्षतामा अन्तर्राष्ट्रिय सहकारी वर्ष, २०१२ राष्ट्रिय समिति गठन गरिएको छ र ७५ वटै जिल्लामा यसका जिल्ला समितिहरू गठन गरिएका छन् ।
मानव विकासक्रममा आर्जन भएका ज्ञान र अनुभवले मानिसको चेतना उन्नत हुदै आएको र आजको कम्प्युटर युगसम्म विकास भएको तथ्य सबैलाई बोध भएकै कुरा हो । सम्पूर्ण प्रकृति बोध गर्ने र नयाँ प्रविधि विकास गर्ने अवस्थासम्म आउदा पनि मानव समाजभित्रै असमानता, समाजिक विभेद र शोषणको अवस्था रहनु भनेको विडम्बनाको कुरा भएको छ । विकासक्रममा खासगरी औदोगिक क्रान्तिले ल्याएको पुजीवादको विकासले समाजमा आर्थिक असमानता, शोषण र समाजिक विभेदलाई डरलाग्दो रूपमा ल्यायो । सम्पत्ती हुने र श्रम बेचेर जीवन गुजारा गर्नु पर्ने वर्गको विकास भयो । अद्योगका मालिक र व्यापारीले श्रमिकलाई ठगेर धनी हुदै जाने तर श्रमिकहरू जीवन धान्न पनि नसक्ने अवस्थामा बाच्नु पर्ने स्थितिले समाज अक्रान्त थियो । यसै परिस्थितिमा उत्पादनका साधन र स्रोतमा श्रमिकको पनि अधिकार हुनुपर्ने, श्रमिकहरूले पनि मानव अधिकारको अपयोग गर्न पाउनु पर्ने, श्रम गरेर उचित ज्याला पाउनु पर्ने कुराले श्रमिकहरूलाई संगठीत हुनुपर्ने आवश्यकताको बोध हुदै गयो । “सहकार्यका आधारमा उत्पादन र आवश्यकताका आधारमा उपभोग” भन्ने विचारका प्रबर्तक विश्वको पहिलो समाजवादी चिन्तक रोबर्ट ओवेनको विचारबाट प्रभावित भएका श्रमिकहरूले सुरू गरेको सहकारी आन्दोलन आज विश्वको सबैभन्दा ठूलो संगठीत संजालका रूपमा स्थापित भएको छ । सहकारी समग्र समाज विकासको पद्धतिका रूपमा विकास भएको छ । सामाजिक आर्थिक गतिविधिका सबै पक्षमा सहकारीको उपयोग गर्न सकिने र समाज विकासमा यसले सहयोग पु¥याउने भएकोले सहकारी आन्दोलन भनिएको हो । विश्वको सहकारी आन्दोलनको नेतृत्व गर्ने संगठन ईण्टरनेशनल को–अपरेटिभ अलायन्स हो ।
सन् २०१२ को नोभेम्वरमा मेक्सिकोमा सम्पन्न भएको ईण्टर नेशनल को–अपरेटिभ अलायन्स(आईसीए)को जनरल एसेम्लीले सहकारीको उद्गम स्थान र सहकारीका संस्थापकहरूको योगदानको सम्मान गर्दै वेलायतको मेनचेस्टरलाई विश्व सहकारी आन्दोलनको राजधानी मान्ने घोषणा ग¥यो । आईसीए विश्व सहकारी आन्दोलनको नेतृत्व र प्रतिनिधित्व गर्ने संसरको सबैभन्दा ठूलो र जेठो गैरसरकारी क्षेत्रको संगठन हो । आईसीएका अध्यक्ष संयुक्त राष्ट्र संघको स्थापना कालदेखि नै यसको सामाजिक–आर्थिक परिषदमा प्रमुख सल्लाहकारका रूपमा रहने गरेका छन् । आईसीएमा हाल ९६ देशका २६७ वटा सहकारी संघ संस्था सदस्य रहेका छन् । कतिपय सहकारीका क्षेत्रीय स्तरका अन्तर्राष्ट्रिय संघ वा महासंघहरू यसमा सदस्य रहेका कारणले अप्रत्यक्ष रूपमा यहाँ उल्लेख गरिएभन्दा धेरै देशहरू यसमा सहभागी रहेका छन् । नेपाल पनि अन्तर्राष्ट्रिय सहकारी आन्दोलनको सक्रिय हिस्साको रूपमा यसको सदस्य रहेको छ । विश्वमा सफल सहकारीको सुरूआत वेलायतको मेनचेस्टर नजिकैको रोचडेल भन्ने ठाउमा सन् १८४४ मा भएको हो र यो अधियान विश्वव्यापी बन्दै गयो । सन् १८९५ मा आईसीएको स्थापना भयो । विश्वका एक अर्ब मानिस सहकारीमा आबद्ध रहेको तथ्याङक प्रकाशमा आएको छ । विश्वको शान्तिपूर्ण, दीगो र समान सामाजिक–आर्थिक विकासका लागि सहकारीको महत्व र गरिमालाई अझ व्यापक बनाउन संयुक्त राष्ट्र संघले सन् २०१२ लाई अन्तर्राष्ट्रि सहकारी वर्ष मनाउने घोषणा गरेको छ । र, विश्वभर सहकारी वर्षका रूपमा सबै देशले मनाई रहेका छन् ।
युरोपको सामन्तवादी युग औद्योगिकक्रान्तिको लहरले नयाँ युगमा विकास भइरहेको थियो । सम्पूर्ण युरोप विकासको नयाँ युगमा रूपान्तरण भइरहेको अवस्था थियो भने बेलायतमा औद्योगिक क्रान्तिले पुरै जनजीवन नयाँ परिबेशमा बदलिएको थियो । बेलायतको समाजमा एकै पटक आएको परिवर्तनले ल्याएका नकारात्मक पक्षहरूको अनुभवबाट युरोपका अन्य देशले केही मन्द गतिमा औद्योगिक क्रान्तिलाई भित्य्राई रहेका थिए । औद्योगिक क्रान्तिले श्रमिकहरूलाई एकैठाउमा बसोवास गर्ने, एउटै औद्योगिक प्रतिष्ठानमा काम गर्ने संगठित समुहको रूपमा स्थापित गरी रहेको थियो । श्रमिकहरूको संगठित शक्ति कालन्तरमा गएर समाजको सबैभन्दा अग्रगामी संगठनको रूपमा विकास भयो । संगठित जीवनको अवस्थामा आइपुगेको अवस्थाले श्रमिकहरू समाजको प्रगतिशील वर्गको रूपमा स्थापित भए । यद्यपि उत्पादनका स्रोत र साधन माथिको अधिकारबाट बञ्चित रहनु पर्ने कारणले श्रमिकको जीवन दयनीय हुन्थ्यो । संगठित श्रमिककले ट्रेडयुुनियन आन्दोलन मार्फत कानुनी सुबिधाहरू र ज्यानको सुरक्षाका अधिकार प्राप्त गर्दै गए । सामाजिक चेतनाका वाहकका रूपमा इतिहासमा श्रमिकहरूले नै योगदान गरेको पाइन्छ ।
वेलायतको औद्योगिक क्षेत्र उन्मुख एउटा बस्ती जहा श्रमिकको बस्ती र कारखानाको विकास भयो । यस बस्तीको नाम रोचडेल हो । ब्यापारी र कारखाना मालिकहरूले श्रमिकहरूलाई चरम शोषण गर्दथे, अन्याय अत्याचार गर्दथ्ये । कपडा कारखानामा काम गर्ने मजदुरहरू जाडोको याममा आपूmले ओडने कम्मल समेत बेचेर गुजारा चलाउनु पर्ने अवस्थाका बाँच्नु परेको थियो । सन् १८४० तिरको समय हो त्यस बखत अन्यायमा परेका श्रमिकहरू आप्mनो हक अधिकारका लागि ट्रेड युनियनमा संगठित भई कारखानाका मालिकहरूको अन्याय अत्याचारको विरोधमा आवाज उठाउन थालेका थिए । यसै समयमा बेलायतमा आर्थिक मन्दीको अवस्था चरम रूपमा बढेर गएको थियो । श्रमिकहरूलाई ज्याला घटाइएको अवस्था थियो भने कयौं श्रमिकहरूले काम छोड्न बाध्य हुनुपरेको थियो । यस्तो अवस्थामा बाँच्न विवश रोचडेलका श्रमिकहरूले जीवनका लागि कठिन संघर्ष गर्नु परेको थियो । यस्तो कठिन समस्याको समाधानको कुनै बाटो थिएन । तर श्रमिकहरू संगठित थिए । आपसमा सहयोग र सद्भाव भएका थिए । जस्तोसुकै समस्या आए पनि आपसी सहयोगका काम गरेर हामीले जीवनलाई नयाँ बाटो दिन सकिन्छ भन्ने कुरामा दृढ विश्वास भएका कोही रोजगार गुमाएका श्रमिकहरू र केही न्युन ज्यालामा काम गरिरहेका श्रमिकहरू थिए ।
श्रमिकहरूलाई शोषण गरेर धनी बनेका ब्यापारी र कारखानाका मालिकहरू समाजको माथिल्लो बर्गका मानिस कहलाउथे । वेलायतको सरकारले यी धनी वर्गका पक्षमा कानुन बनाउथ्यो । श्रमिकलाई दमन गर्न मालिकहरूलाई सघाउँथ्यो । उता श्रमिकहरूको जीवन भने जनावरको जति पनि महत्व नभएको जस्तो थियो । रोचडेलमा सामजिक सुधार र मानिसको समान अधिकार हुनुपर्छ भन्ने चेतना बढिरहेको थियो । लोकतन्त्र र सामाजिक सुधारका आन्दोलनमा रोचडेलबासीहरू सचेत थिए । यहाँका सचेत र अगुवा नागरिकका रूपमा रहेका श्रमिकहरूले आपसमा सल्लाहा गरी सन् १९४४ डिसेम्बर २१ का दिन “रोचडेल इक्विटेवल पायोनियर्स सोसाइटी” नामको उपभोक्ता सहकारी संस्था आप्mनै बुतामा सुरू गरे, र यो संस्थाले उपभोक्ता सहकारी पसल खोल्यो । त्यस सहकारीमा समाजका अगुवा नागरिक २८ जना संस्थापक सदस्य रहेका थिए । २८ जना मध्ये एक जना महिला पनि रहेको इतिहासमा उल्लेख छ । तर यो अभियानलाई सफल पार्ने काममा महिलाहरूको पनि उल्लेखनीय योगदान रहेको कुरा इतिहासकारहरूले उल्लेख गरेका छन् । त्यस बेलाको बेलायती समाज खास गरी श्रमिक बर्गमा पितृसत्तात्मक अवस्था लोप भएको अवस्था थियो, महिलाहरू पनि पुरूष समान नै योगदान गर्न सक्ने हैसियतमा रहेको पाइन्छ । विश्वको पहिलो सहकारीका यी संस्थापकहरूले लामो प्रयत्नवाट २८ पाउण्ड रकम जम्मा पारेका थिए । यो संस्था खोल्नुभन्दा पहिलेदेखि नै केही चानचुन पैसा बचाएर जम्मा गर्न थालेका थिए । अर्को तर्फ कसरी सामुहिक पसल सञ्चालन गर्न सकिन्छ र कसरी सफल हुन सकिन्छ भन्ने विषयमा सहकारीका यी अगुवाहरूले पहिलेदेखि नै छलफल, अध्ययन गरिरहन्थे । कारखानाबाट रोजगारी गुमाएका केही कालिगढहरू सामुहिक काम गरेर आफैले केही गर्नु पर्ने अठोट लिएर दशौ बर्षदेखि यो अभियानको बारेमा चिन्तनशील रहेका थिए । रोबर्ट ओवेनको विचार र यी पौरखी श्रमिकहरूको अनुभवका आधारमा सहकारी पसल सञ्चालन गर्ने सिद्धान्त विकास गरेर सुरू गरेको यो पहिलो उपभोक्ता सहकारीको सफताले यी श्रमिकहरूले आप्mनो जीवनकालमा नै ठूलो परिवर्तन गर्न सके । उनीहरूको यो अभियान अन्य देशमा र विश्वभर फैलिदै गयो ।
सहकारी अभियानका सुत्राधार रोचडेलका अगुवा नागरिक यी श्रमिकहरू राजनीतिक रूपमा सचेत र सक्रिय थिए । उनीहरू मध्ये विभिन्न धर्ममा लागेका पनि थिए । तर, उनीहरूले सहकारीमा धार्मिक र राजनीतिक तटष्ठताको सिद्धान्त अपनाए । यी नै २८ जना संस्थापकहरूले एकदमै प्रतिकुल अवस्थामा सुरू गरेको सहकारी अभियान मानव विकासक्रममा एउटा अविश्मरणीय उपलब्धीको रूपमा रह्यो । आज विश्वका एक अर्ब मानिस सहकारीमा सदस्य रहेका छन र यी नै रोचडेलका अगुवाहरूले देखाएको बाटोलाई अनुसरण गरिरहेका छन् । यो रोचडेलको कथा हो, सहकारी उत्पत्तीको कथा हो, जो आजको दिनमा पनि मानव विकासको मार्गदर्शक बनिरहेको छ । सहकारीको उद्गम स्थान र यसका संस्थापकहरूको सम्मानमा वेलायतको मेनचेस्टर शहरलाई विश्व सहकारी आन्दोलनको राजधानी मान्ने निर्णय आजको विश्वव्यापीकरणको युगमा एउटा ऐतिहासिक रहेको मानिएको छ ।
0 comments:
Post a Comment