Friday, June 29, 2012

सहकारीको प्रगति समिक्षा कार्यक्रम सम्पन्न

धादिङ, असार १५ गजुरी । डिभिजन सहकारी कार्यलय धादिङको आयोजनामा आदर्श बहुमुखी क्याम्पस गजुरीमा सहकारीको प्रगति समिक्षा कार्यक्रम हिजो सम्पन्न भएको छ । सहकारीको विभिन्न विषयबस्तुको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना  गरिएको कार्यक्रममा क्षेत्र न. ३ मा स्थापना भएका सहकारी संस्थाका अध्यक्ष र प्रवन्धक गरी ४६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सहकारीका अध्यक्ष एवम् प्रवन्धकहरुलाई डिभिजन सहकारी कार्यलय धादिङका अधिकृत रुद्रप्रसाद पौड्याल, सहायक अधिकृत महेश्वर ढकाल, जिल्ला सहकारी संघका सचिव गंगादत्त तिमल्सिना र जिल्ला वचत संघका कोषाध्यक्ष शेषकान्त कंडेलले सहकारी संस्थाहरुको नीति–नियम, सहकारी दर्ता गर्दा ध्यानदिनु पर्ने कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा सहभागिहरुले आ–आफ्नो सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको सहकर्मी राजिप लामिछानेले जानकारी दिनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।