Monday, April 23, 2012

‘सहकारी विकास कोष’ स्थापना गर्न सुझाव


 काठमाडौं, १० वैशाख /
सहकारी क्षेत्रबाट उठ्ने करबाट ‘सहकारी विकास कोष’ स्थापना गर्न सरोकारवालाहरूले माग गरेका छन् । आफूले तिरेको करबाट सहकारी क्षेत्रकै विकास र प्रवद्र्वनमा खर्च गरी यसको दिगो विकासका लागि कोष आवश्यक रहेको उनीहरूको भनाइ छ ।
आइतबार कर कार्यालय ललितपुरमार्फत सरकारलाई सुझाव पठाउँदै ललितपुरका सहकारीकर्मीले आफूले तिरेको कर आफ्नै क्षेत्रको विकासमा खर्च गर्न आग्रह गरे । जिल्ला सहकारी संघसहित ६ वटा विषयगत संघले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा विभिन्न १० बुँदे माग राखिएको छ । मागमा सहकारीको आयकरमा क्षेत्रगत आधारमा छुट, लाभांश कर हटाउन, विषयगत संघहरूको कर छुट गर्न, पान नम्बर नलिएका सहकारीलाई दर्ता गर्नका लागि लाग्ने जरिवानमा छुट गर्न माग गरिएको छ । यसैगरी जोखिम बेहोर्ने कोष व्यवस्थामा पनि राष्ट्र बैंकबाट अनुमति प्राप्त सीमित कारोबार गर्ने सहकारी सरहको सहुलियत दिन माग गरिएको छ ।
एक सातासम्म विभिन्न सहकारी संघसंस्था तथा सहकारीकर्मीहरूसँग छलफल गरी सुझाव बुझाइएको जिल्ला बचत तता ऋण सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले जानकारी दिए ।
ज्ञापनपत्र बुझेपछि कर कार्यालयका प्रमुख कुलप्रसाद चुडालले सहकारीकर्मीको सुझाव माथिल्लो निकायसमक्ष पु¥याउने बताए । सहकारीमा लाग्दै आएको करबारे पुनरावलोकनका लागि हाल छलफल भइरहेको उनको भनाइ थियो । कारोबार दैनिकबाट साभार

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।