धादिङबेसी,माघ १४ गते / पशुपति दुध उत्पादक सहकारी संस्था लिमिटेडले पशु पालनका निम्ति सहकारी सदस्यलाई सस्तो व्यजदरमा ऋण मात्र उपलब्ध गराउँदैन किसानहरुले ल्यायको दुधको उचित मुल्य पनि दिन्छ । सहकारीले दिने दधको मुल्यमा किसान पनि सन्तुष्ट छन् । ०६३ साल जेष्ठ २२ गते ३५ जना कृषकहरु मिलेर विधिवत रुपमा सहकारी कार्यालय काठमाडौमा दर्ता गरिएको यस सहकारीले ०६४ साल माघ १५ गते देखि आफ्नो काम सुरुवात गरेको थियो ।
सबैका लागि एक र एकका लागि सबैको आवश्यकता भन्ने उद्घोषका साथ किसान एकतालाई मजबुद बनाउन सहकारीले महत्वपूर्ण भुमिका खेलेको सहकारीका अध्यक्ष भुमिरमण नेपाल बताउनुहुन्छ । हाल १ सय ४० जना सदस्य रहेको यस सहकारीले दुुध, दहि, घिउ, पनिर र खुवा विक्रि वितरण गर्दैआएको छ । अहिले सम्म ३५ लाखको कारोवार गरि सकेको यस पशुपति द’ध उत्पादक सहकारीले अहिले सम्म ३ लाखको हाराहरीमा नाफ कमाउन पनि सफल भएको सहकारीका अध्यक्ष भुमिरमण नेपालले हामीलाई जानकारी दिनुभयो । अध्यक्ष भुमिरमण नेपाल आफै सहकारी सदस्यको घर– घरमा पुगेर गाई भैसि पल्न र उत्पादित दुध सहकारीमा दिनुका साथै सफल व्यावसाय गर्न किसानलाई सल्लाह पनि दिनुहुन्छ । सहकारीले दैनिक ५०० लिटर दुध लिदै आएको यस सहकारीले किसानहरले ल्याएको दुधको फ्याट नापेर प्रति फ्याट बराबर ६ रुपियाँको दरले प्रत्येक महिनाको अन्तिम दिन रकम उपलब्ध गराउँदै आएको छ । नीलकण्ठ, मुरलीभञ्ज्याङ्, साँङकोस, सुनौलाबजार का कृषकहरुले नियमित दुध संकलन गरिरहेका छन् भने नीलकण्ठको बसाह र मुरलीभञ्ज्याङमा सहकारीले दुध संकलन केन्द्र स्थापना गरेको छ । किसानहरुले ल्याएको दुधको उचित मल्य सहकारीले दिएको बताउदै सहकारीका व्यवसथापक राम प्रसाद रिजाल ले फ्याट हेरेर दुधको मुल्य किटान गरिदा किसानहरु सी छन् र आफुले ल्याएको दुधमा फ्याटको मात्रा कति रहेछ आफै हेर्न सक्छन् । व्यवसथापक रिजालले यो सहकारी नाफा कमाउनको लागि मात्र स्थापना गरिएको नभई सेवा मुखि सहकारी भएको वताउँदै दुध संकलन गर्न सबै किसानलाई अनुरोध समेत गरेका छन् । सहकारी आन्दोलनलाई सहयोग पुु¥याए बापत ५३ औ सहकारी दिवस २०६६ सालमा उत्कृष्ठ संस्थाको रुपमा छनौट भएको यस सहकारीले आफ्ना सदस्यहरुमा वचत तथा ऋणको कारोवार पनि गर्दै आएको छ । मासिक रुपमा बचत र व्याजबात जम्मा भएको रकम फेरि सदस्यहरुलाई नै उन्नत जातका गाई भैसि पाल्न ऋण उपलब्ध गराउदै आएको छ । सहकारीबाट ऋण लिएर उन्नत जातको गाई पाल्दै आउनुभएकी मुुँया कुमारी श्रेष्ठ दुधबाट राम्रो आम्दानी भएको बताउनु हुन्छ । अब यो गाई बेचेर ठुलो गाई किन्ने सोचमा छु भन्नुहुन्छ मुुँया कुमारी श्रेष्ठ भन्नुहुन्छ ।
अहिले पनि सेयर खुल्ला गरेको यस सहकारीको सदस्य बन्न २० थान सेयर अनिवायृ लिनुपर्ने संथा विकास शुल्क १०००, संस्था प्रवेसशुल्क भनेर १०० र फारम शुल्क २५ गरी एकमुस्ट रुपमा रु.३१२५।– तिर्नु पर्छ । सदरमुकाम धादिङबेसीवासीलाई दुध बाट उत्पादन भएका सामानहरु सहकारीले दिन नसकि रहेको अवस्था स्वीकार्दै संस्थाका अध्यष्क्ष नेपाल भन्नुहुन्छ अब सहकारीले जनचेतना मुलक अभियान चलाएर गाई भैसी पालन गर्न कृषकलाई सहयो गर्दै दुध संकलन केन्द्रहरु बढाएर भएपनि बजारको माग पुरा गर्ने बताउनुहुन्छ ।
2 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment