Thursday, June 2, 2011

हप्ता भरिका प्रमुख सहकारी गतिवीधिहरु

सहकारी संस्थाले घरेलु सौर्य उर्जामा लगानी
धादिङको किराञ्चोक गाउँ विकास समिति स्थित किराञ्चोक कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य तथा उपभोक्ताहरुलाई उज्यालोमा बस्न, पढ्न तथा भान्सामा काम गर्न सजिलो बनाउने अपेक्षा सहित विगत ९ महिना बाट घरेलु सौर्य उर्जामा लगानी गर्दै आएको छ ।
कर्मज एण्ड ट्रस्ट वैंक नेपाल लिमिटेडको पाँच लाख ऋण सहयोग र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र घरेलु सौर्य उर्जा कार्यक्रमको अनुदानमा घरेलु सौर्य उर्जा प्राणली जडान गर्ने गरिएको संस्थाले जनाएको छ । सदस्यहरुबाट ३० प्रतिशत भुक्तानी लिएर १ सय बीस घरेलु सौर्य प्राणली जडान गरीसकेको छ । ७० प्रतिशत बराबरी रकम भने ९ईएमआई० किस्तामा २४ महिनामा भुक्तानी गर्ने गरी लगानी गरिएको यस कार्यमा वैंकबाट ५ लाख, शेयर सदस्यको ४ लाख असी हजार र सहकारी संस्थाको ५ लाख चालीस हजार लगानी गरिएको छ ।

विभागद्वारा तीनदर्जन सहकारीलाई अनुदान
सहकारी विभागले कृषिजन्य साना प्रशोधन उद्योग खोल्न तीनदर्जन सहकारी संस्थालाई अनुदान दिने भएको छ । देशभरका सहकारीबाट प्राप्त आवेदनबाट छनोट गरी अनुदान दिन लागिएको विभागले जनाएको छ । बिभागले  देशभरबाट प्राप्त ६८ वटा सहकारीको आवेदन मध्य  तीनदर्जन सहकारी  छनोट गरेको हो ।


चालू आर्थिक वर्षको बजेटमा सहकारीले खोल्ने कृषिजन्य साना उद्योगलाई अनुदान कार्यक्रमका लागि सरकारले १ करोड २० लाख रुपैयाँ छुट्याएको छ । उक्त रकमबाट उद्योगको मेसिन खरिदमा लाग्ने रकमको २५ प्रतिशत अनुदान दिने समेत विभागले जनाएको छ  ।
कृषिजन्य उत्पादन तथा प्रशोधन उद्योग मध्ये अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य भएका र निर्यातको सम्भावना रहेका चिया, अदुवा, मह, कफी, अलैंचीलगायत उपजका प्रशोधन उद्योगलाई ५० प्रतिशत र यसबाहेक अन्य कृषिउपजका उद्योगलाई भने २५ प्रतिशत अनुदान दिइने जनाएको छ । एउटा उद्योगका लागि अधिकतम ६ लाख रुपैयाँ अनुदान दिने विभागले बताएको छ ।
विभाग र जिल्ला स्थित सहकारी कार्यालय र जिल्ला कृषि विकास कार्यालय मार्फत सहकारीको आवेदन संकलन गरेको थियो । विभागले माघ २ गतेदेखि कृषिजन्य उद्योग खोल्नका लागि सहकारी संस्थाबाट आवेदन मागेको थियो
सहकारी संस्थाको साझेदारीमा कृषिजन्य प्रशोधन उद्योगका लागि आव २०६५र०६६ देखि अनुदान कार्यक्रम सुरु भएको हो । प्रत्येक वर्ष निरन्तरता पाउँदै आएको कार्यक्रमका लागि यसअघि आव २०६६र०६७ मा ३५ वटा सहकारीलाई ९० लाख र आव २०६५र०६६ मा २० वटा सहकारीलाई ७५ लाख रुपैयाँ अनुदान दिइएको थियो ।

विश्व दुग्ध दिवस, नेपालमा पहिलो पटक मनायो
जुन १ तारिख,लाई विश्व दुग्ध दिवस को रुपमा नेपालमा पनि मनाइएको छ  ।  यस अघि  विश्व खाद्य संगठनले जुन १ लाइ दुग्ध दिवसको रुपमा मनाउन शुरु गरेको थियो ।
दिवसको अवसरमा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले सुलभ पशु उपचार, उन्नत नश्ल र पशु बिमाको ब्यबस्था गर्न माग गरेको छ  । सो अवसरमा  संघले लागतको तुलनामा बजारभाउ निकै कम भएकाले पशु पालनमा कृषकको रुचि बढ्न नसकेको पनि वताएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार हाल देशमा १४ लाख मेट्रिकटन दुध उत्पादन हुने गरेको छ । बजारमा करिब ११ प्रतिशतका दरले दुधको माग रहपनि त्यसको तुलनामा उत्पादन भने न्यून देखिएको छ ।

निष्क्रिय सहकारीमाथि कारवाही प्रक्रिया शुरु
डिभिजन सहकारी कार्यालय धादिङले ८ वटा सहकारी संस्थाहरुलाई कार्वाहीको अन्तिम तयारी गरेको छ । पटक पटकको सुचना जारी गरे पछि पनि सहकारी एैन ०४८ को दफा ३४ अनुसारका प्रतिबेदनहरु पेस नगरेका ३० वटा सहकारी संस्थाहरुलाई पत्राचार तथा स्थानिय संचार माध्यमबाट सुचना प्रकासन गरी प्रतिबेदन बुझाउन आग्रह गरेको थियो । त्यस पछि पहिलो चरणमा १३ वटा सहकारी संस्थाहरुले, दाश्रो चरणमा थप ९ वटा सहकारीले सहकारी एैन ०४८ को दफा ३४ अनुसार प्रतिबेदन पेस गरी संस्था संचालन गरेका छन् भने  ८ वटाम सहकारीहरुले कुनै पनि कागाजात पेस नगरेकोले भन्दै खारेजी गर्न लागिएको डिभिजन सहकारी कार्यालय धादिङले जनाएको छ ।  यसै गरी   गत हप्ता अर्थमन्त्रालयले सहकारीको अनुगमन सम्बन्धित विभागबाट गर्नुपर्ने निर्णय गरेपछि कार्यालयले अनुगमन अगाडी बढाएको छ । राष्ट्रिय सहकारी संघस“ग सहकार्य गरी अनुगमन शुरु गरेकाले सजिलो भएको सहकारी डिभिजनले जनाएको हो । सहकारी डिभिजन कार्यालयले लामो समयदेखि संस्था दर्ता भएपनि निष्त्रिmय रहेका पर्ुवका २८ वटा सहकारी संस्थाको रहेका मुलुकभरका विभिन्न संस्था खारेजी प्रक्रिया अगाडी बढाएको छ । जसअर्न्तर्गत इलामका ११, ताप्लेजुङका १५, पा“चथरका २ वटा रहेका छन् । यसअघि गत साउनमा राष्ट्र बैंकले राजधानीमा अनुगमन गर्दा ५६ सहकारी संस्थालाई कारवाही गरेको थियो ।

महोत्तरीको गौरिबासमा दुधको अभाव भएपछि चिस्यान केन्द्र बन्द
महोत्तरीको गौरिबासमा रहेको २५ सय लिटर क्षमताको चिस्यान केन्द्रलाई पर्याप्त मात्रामा दुधको अभाव भएका कारण बन्द भएको छ । कृषि जागरण सहकारी संस्था लिमिटेडले झण्डै १७ लाखको लागतमा एक वर्षअघि सञ्चालनमा ल्याएको चिस्यान केन्द्र केहि समय चलेर बन्द भएको हो ।
सोचे अनुसार दुध संकलन नभएका कारण चिस्यान केन्द्र बन्द गर्नुपरेको कृषि जागरण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र लामाले बताउनुभयो । महोत्तरी जिल्लामा पशुपालन व्यवसाय फस्टाउन नसकेको कारण सहकारीमार्फत दुध संकलन ज्यादै कठिन भैरहेको उहाले गुनासो गर्नुभयो । तर चिस्यान केन्द्रलाई असारबाट सञ्चालनमा ल्याउने तयारी भैरहेको संस्थानले जनाएको छ ।

सिन्धुलीमा विकास निर्माणका काममा महिला अघि वढ्दै
सिन्धुलीको वेलघारी स्थित रातमाटा वाट नेपालेशिखर सम्म मोटरवाटो निर्माण कार्य सम्पन्न भएको छ । भाग्यश्वरी महिला वचत तथा क्रण सहकारी सस्था लिमीटेड र महिला विकास कार्यालय सिन्धुलीको सम्झौता अनुसार वाटो निर्माण कार्य सम्पन्न भएको हो ।
महिला विकास कार्यालय सिन्धुलीले अनुदान स्वरुप  ६ लाख ५५ हजार४५० र महिलाहरुको श्रमदान स्वरुप २ लाख ३४ हजार ७७२ रुपैया वरावरको आर्थिक सहयोगमा उक्त वाटो निर्माण भएको हो । साथै उक्त सस्थाले वेलघारी ४ जिर्गाहा दोभान देखी हात्तिसार हुदै ट्याम्केसम्म  २ लाखको अनुदानमा गाम्रिण सडक निर्माण पनी गरेको छ भने १४ लाखको लागतमा २ तले पक्की  भवन समेत निर्माण गरेको छ ।
८६० जना महिलाहरु आवद्ध भाग्यश्वरी महिला वचत तथा क्रण सहकारी सस्थाले सामाजिक विकास निर्माणका काम मात्र नभई आयमुलक कार्यक्रम संचालनखानेपानी सिचाईनदि नियन्त्रण  चरिचरण वन्द अभियानजाडरक्सी जुवातास नियन्त्रण लगायत सामाजिक जनचेतनामुलक कार्यक्रम गदै आएको सस्थाकी अध्यक्ष वावा कुमारी दाहालले जानकारी दिनुभयो ।

सहकारीमा महिला सशक्तिकरणको आवश्यकताः अर्थमन्त्री
उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले मुलुकको आर्थिक रुपान्तरणमा महिलाको भूमिका सशक्त भएकाले उनीहरुलाई आर्थिक रुपबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । मंगलबार नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्था ९नेफ्स्कुन० ले राजधानीमा गरेको कार्यक्रममा उहाँले मुलुकको समग्र आर्थिक रुपान्तरणका लागि महिलालाई अगाडि ल्याउनुपर्ने बताउनुभएको हो ।
कार्यक्रमका सहभागीहरुले सहकारीको माध्यमबाट महिलालाई सशक्तिकरण गर्न सके देशको आर्थिक स्थिति बलियो हुने बताए । महिला र पुरुषबीचको असमानताले महिलाहरु पछि परेको भन्दै उनीहरुले महिलालाई सहकारीमा आबद्ध गराई आर्थिक अभियानमा जोड्नुपर्ने बताए । स्वदेशमै उत्पादन गर्न सकिने सामाग्री विदेशबाट आयात गर्दा व्यापार घाटा भएको र त्यसलाई न्युनीकरण गर्नपनि महिलाको भूमिका महत्वपूर्ण हुने सहभागीहरुले बताए । धैरैको संख्यामा महिलालाई सहकारीमा परिचालन गराई स्थानीय उत्पादन बढाउन सके मुलुकका साथै महिलाको आर्थिकस्थिति सुधार्न सकिने उनीहरुको भनाइ थियो ।
 सहकारीको माध्यम बिना आर्थिक उन्नती सम्भव नहुने भन्दै उनीहरुले यसको विकासका लागि सरकारले स्पष्ट नीति ल्याई लगानी सुरक्षाको प्रत्याभूति गरिनुपर्ने बताए । नेपालमा अहिले सहकारीको संख्या २२ हजार पुगेको बताइएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।