Tuesday, February 21, 2012

सहकारी विभागका दैनिक कामकाज ठप्प

काठमाडौं, फागुन १० । देशभर अन्तराष्ट्रिय सहकारी वर्ष २०१२ मनाईरहदा सहकारीको मुख्य नियामक निकाय सहकारी विभागका दैनिक कामकाज भने ठप्प भएका छन् । महत्वपूर्ण कामहरु थाती राखेर रजिष्ट्रार र उप–रजिष्ट्रार अनिश्चीतकालिन विदामा वसेपछि कामकाज ठप्प भएको विभागका एक अधिकारीले बताए ।
दुवै जना टेलिफोन सम्पर्कमा पनि नआएकाले कति दिन लाग्ने हो, अझै ठेगान नभएको निमित्त रजिष्ट्रार विष्णु घिमिरेले बताउनु भयो । दुवै कार्यालयमा अनुपस्थित भएको १० दिन कटिसकेको छ । सहकारी कानून संशोधन लगायतका मुख्य काम रजिष्ट्रारको अनुमति  विना गर्न नमिल्ने उहाँको भनाई छ ।
अहिले सहकारी मापदण्ड २०६८ परिमार्जन र बहुउद्येश्यिय केन्द्रिय संघ दर्ता प्रक्रियामा रहेका बेला जिम्मेवार अधिकारी बिदामा बसेपछि विभागले ठोस निर्णय गर्न सकेको छैन । वहुउद्येश्यिय केन्द्रिय सहकारी संघ दर्ताको प्रमाणपत्रमा सही नर्गन  रजिष्ट्रार सुदर्शन प्रसाद ढकाललाई चर्को राजनितिक दवाव परेको सहकारीवृतमा चर्चा चलेको छ ।
गत आईतवार केन्द्रिय संघका पदाधिकारीलाई दर्ता प्रमाण पत्र लिन बोलाएका ढकाल सोही दिन गायव भएका हुन् । त्यसपछि संघ दर्ताको प्रक्रिया रोकिएको छ । बहुउदेश्यीय संघ दर्ता नगराउन राष्ट्रिय सहकारी संघ, सहकारी बैंकसहित ११ वटा केन्द्रिय संघहरुले दबाब दिएको बुझिएको छ ।
सचिव पदमा बढुवा गराउने सर्तमा केन्द्रिय संघ दर्ता नगराउन रजिष्ट्रारलाई दवाव दिईएको ढकाल निकट स्रोतले जानकारी दिएको छ । ‘एमाले केन्द्रिय कार्यालयबाट पद बढुवाका निम्ति अग्रिम चिठी प्राप्त भएकाले ढकाल अनिश्चितकालिन विदामा बसेको स्रोतले दावी ग¥यो ।
यता उप–रजिष्ट्रार विरामी नै नभई उनी सगँै विदा लिएर बसेका छन् । आफूहरुको संघ गठन भएपछि अन्य केन्द्रिय संघहरु छायाँमा पर्ने डर, महत्वपूर्ण नियुक्तिमामा आफूहरुलाई राखिने आशंका र संक्रीण मानसिकताका कारण वहुउद्येश्यियको केन्द्रिय संघ गठन गर्न नदिने प्रयास भइरहेको प्रस्तावित संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताउनुभयो । लामो समयसम्म विदामा वसेपछि रजिष्ट्रार नैतिक रुपमा पनि विभाग आउन नमिल्ने र वाध्य भई राजिनामा गर्नुपर्ने अवस्था सम्म आउन सक्ने एक सहकारी नेताले बताए । यता सहकारी वर्ष २०१२ मनाईरहदा त्यस्का कामकाज पनि ठप्प भएका छन् । अन्तराष्ट्रिय सहकारी वर्ष कार्यान्वयन समितिमा रजिष्ट्रार सदस्य सचिव रहेका छन् । ‘सदस्य सचिव रहेका रजिष्ट्रार सम्पर्कविहिन बस्दा सहकारी वर्षका विभिन्न गतिविधि ओझेलमा पर्ने निश्चित भएको छ’, विभागका एक अधिकारीले भने ।
जिल्ला संघ गठन सुरु
बहुउदेश्यीय केन्द्रीय सहकारी संघ गठनका निम्ति कानून मन्त्रालयले अनुमति दिइसक्दा पनि रजिष्ट्रारले प्रमाणपत्रमा सही नगरेका कारण तदर्थ जिल्ला संघ गठन कार्य सुरु भएको छ । काठमाडौं र ललितपुर जिल्ला तदर्थ समिति गठन भइसकेको छ भने । अन्य १० जिल्ला मा गठनको तयारी भइरहेको केन्द्रीय अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । ती जिल्लामा भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, सिन्धुलीलगायत छन् । यही विहिवार १० गते ती जिल्लामा केन्द्री पदाधिकारीको उपस्थितिमा समिति गठनको घोषणा गर्ने कार्यक्रम रहेको भण्डारीले जानकारी दिनुभयो । mero sansar bata sabhar

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।