Sunday, February 5, 2012

सहकारीमैत्री संविधानको माग


प्रकाश अधिकारी
दैलेख, माघ २२ /
हरेक जिल्लामा सहकारी खुल्न थालेपछि नयाँ संविधान र ऐनकानुनहरू सहकारीमैत्री हुनुपर्ने माग बढेको छ ।
दैलेख सदरमुकाममा राष्ट्रिय सहकारी बैंकको २६ औं शाखा शुभारम्भमा सहकारी अगुवाहरूले समुदायलाई माथि उकास्ने गरी सहकारीमैत्री कानुनको माग गरेका हुन् । राष्ट्रिय सहकारी संघका केन्द्रीय अध्यक्ष केशव बडालले बैंकको उद्घाटन गर्दै  आर्थिक समृद्धिबिना देशले राजनीतिक स्थिरता कायम हुन नसक्ने बताए ।
सहकारीको महत्त्वपूर्ण अंग लोकतन्त्र भएकाले अनेकताबीच एकता कायम गर्न यो प्रणाली सफल मानिन्छ, उनले भने, सहकारी प्रणालीबाट अर्थतन्त्र मात्र होइन, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतासमेत बलियो हुन्छ । अनेक जाति र समुदायका मानिसहरू एकै ठाउँमा अट्न सक्ने भएकाले यसले मुलुकलाई अविच्छिन्न हुनबाट रोक्न मद्दत पुग्ने पूर्वमन्त्री बडालले बताए ।
उनले बेग्लै सहकारी मन्त्रालयको खाँचो औंल्याए । सहकारी क्षेत्रले कृषि मन्त्रालयसँग मात्र सरोकार नराख्ने यसको दायरा खुम्च्याउन नहुने विचार राखे । सहकारी क्षेत्रलाई सरकारले उपेक्षा गरेसम्म मुलुकले आर्थिक फड्को मार्न नसक्ने विभिन्न उदाहरणबाट पुष्टि भइसकेको उनले बताए । बैंकलाई कुशलतापूर्वक सञ्चालन गरी सहकारीप्रतिको अविश्वास हटाउन अध्यक्ष बडालले आम सहकारीकर्मीहरू सफल हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा युवा स्वरोजगार कोषका उपाध्यक्ष डा।पुण्यप्रसाद रेग्मीले जिल्लामा भित्रिएको कोषको रकम दुरुपयोग हुनबाट रोक्न सबैले सहयोग गर्नुपर्ने बताए । ुकोषको जनशक्तिले मात्र रकम लक्षित वर्गमा पुगेकोरनपुगेको अनुगमन गर्न सक्दैन,ु रेग्मीले आग्रह गर्दै भने, ुत्यसैले जिल्लास्तरमा विभिन्न निकायले अनुगमन गरिदिनुस् ।ु
चालू आवमा ५० हजार युवालाई स्वरोगार बनाउने लक्ष्य राखिएको उनले बताए । ुयसका लागि सहकारी बैंक, कृषि विकास बैंक लगायतका वित्तीय संस्थासँग सम्झौता भइसकेको छ,ु उनले भने । कोषले ऋण सम्झौता गरेका २८ बैंकमध्ये १८ बैंकले रकम लिई ११ वटाले मात्र लगानी गरेको रेग्मीले जानकारी दिए । उनका अनुसार कोषले १ अर्ब २८ करोड रकम खर्च गरिसकेको छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रामप्रसाद पोखरेलले बैंकले सफलता पाप्त गर्न कुना कन्दारामा रहेका सहकारी संघ(संस्थाहरू एकजुट हुनुपर्ने बताए । बैंकले व्यक्ति विशेषलाई नभई सहकारी संस्थालाई मात्र कर्जा प्रवाह र सेयर बिक्री गर्ने जनायो । शाखा उद्घाटन कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्ष जिल्ला संयोजक एवं स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डे, प्रजिअ वासुदेव दाहाल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरूले शुभकामना दिएका थिए । 
उपाध्यक्ष रेग्मीलाई स्वागत यसैबिच, युवा स्वरोजगार कोषका उपाध्यक्ष डा। पुण्यप्रसाद रेग्मीलाई शनिबार उद्योग वाणिज्य संघ दैलेखले स्वागत गरेको छ । रेग्मीलाई फूलमाला र खादा ओढाएर सम्मान गर्दै विभिन्न क्षेत्रका वक्ताहरूले जिल्लाका २२ प्रतिशत युवाहरूलाई रोजगारमूलक क्रियाकलापमा संलग्न गराउनुपर्ने माग राखेका थिए ।
संघका पूर्व अध्यक्ष यामबहादुर मल्लले तीन वर्षअघि बेरोजगार फाराम भरी अभिमुखीकरण तालिम लिएका २१ सय ४७ जना युवालाई बिना धितो ऋण दिन अनुरोध गरे । नेपाली कांगे्रसका जिल्ला सभापति कृष्णकुमार बिसीले रकम दुरुपयोग हुन नदिन उपाध्यक्ष रेग्मी चनाखो हुनुपर्ने बताए ।
प्रकाशित मिति २०६८ माघ २२ इ-कान्तिपुर

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।