गोरखा माघ २५ आर्वाङ /
कृषक एकता कृषि सहकारी संस्था लिमिटेड आरु आर्वाङ ९ गोरखामा आधारभूत पशु व्यवस्थापन सम्बन्धी एक दिने तालिम मंगलवार सम्पन्न भएको छ । कृषकहरुलाई पशुहरुको हेरचाह र गोठ व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित तालिममा पशुसेवा केन्द्र आरुघाटका प्रमुख इन्द्रहरि खनालले सहजीकरण गर्नुभएको थियो । स्थानीय २० पुरुष र २० महिला गरी ४० जनाको सहभागिता रहेको तालिममा पशुहरुको गोठ व्यवस्थापन, नस्ल सुधार, पशु आहार, सामान्य रोगहरुको रोकथाम, पशुको स्थानीय तथा उन्नत जातको बारेमा जानकारी गराइएको थियो ।
0 comments:
Post a Comment