Monday, January 23, 2012

साना किसान कृषि सहकारी संघको साधारणसभा


धादिङबेसी माघ १० रेडियो बिहानी 
साना किसान कृषि सहकारी संघ धादिङको ११ औं वार्षिक साधारणसभा सोमबार धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय धादिङका प्रमुख नीलकण्ठ पोखरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा धादिङका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्यको प्रमुख आतिथ्य र नेपाल कृषि सहकारी संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकको विशेष आतिथ्य रहेको थियो । सो अवसरमा संघलाई सफलताको शुभकामना दिनुहुँदै प्रमुख अतिथि आचार्यले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विशेष अतिथि पाठकले नेपाल सरकारले ४० करोड रुपैंया रकम कृषक क्षेत्रमा लगानी गरेको भएपनि त्यसबाट प्रभावकारी काम हुन नसकेको बताउनुभयो । धादिङमा कृषिबाट धेरै राम्रो लाभ लिन सकिने भएकाले जिल्लालाई कृषिको लागि नमुना क्षेत्रको रुपमा विकास गर्ने तयारी भैरहेको उहाँको भनाई थियो । कार्यक्रममा विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुको समेत आतिथ्य रहेको थियो । कार्यक्रममा संघका प्रबन्धक खिलप्रसाद सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।