Saturday, January 14, 2012

शिक्षक सहकारीको प्रथम साधारणसभा सम्पन्न

धादिङबेसी पुष ३०
सहकारी मुल्य मान्यता अनुरुप धादिङ जिल्ला भरीका शिक्षक÷ शिक्षिकाहरु द्वारा संचालनमा आएको शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा आज धादिङबेसमिा सम्पन्न भएको छ । 
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं धादिङ क्षेत्र नं १ का सभासद पुष्पविक्रम मल्लले उद्घाटन गर्नु भएको उक्त  साधारण सभामा संस्थाका अध्यक्ष केशरी प्रसादपन्तको अधयक्षतामा सम्पन्न कार्यक्रममा भएको हो । 
साधारण सभामा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, अखिल नेपाल शिक्षक संगठन ताम्सालिङ राज्य समिति सदस्य शंकर अधिकारी, जिल्ला अध्यक्ष शंकर अधिकारी, कृषि तथा सहकारी बिभाग जिल्ला कार्य समितिका संयोजक सिताराम कोईराला, सहिद स्मृति संचार सहकारी संस्थाका अध्यक्ष उत्तमराज कंडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारी, लगयतको आतिथ्य रहेको थियो । 
सो अवसरमा सचिव जानुका सापकोटाले वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष शालिग्राम अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । ३ सय ४ जना शेयर सदस्य रहेको संस्थको कुल शेयर पूँजी ९ लाख १२ हजार रहेको सो अवसरमा जानकारी दिइएको थियो । यसैबीच साधारणसभाबाट कार्यसमितिमा केहि हेरफेर गरिएको छ । १९ सदस्यीय कार्यसमितिका निवर्तमान कोषाध्यक्ष शालिकराम अर्याललाई सह–सचिव र शिवप्रसाद रिजाललाई कोषाध्यक्षमा चयन गरिएको छ । संस्थाले शिक्षकहरुको हक हितको लागि कामगर्ने लक्ष लिएको बताएको छ  । 

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।