Tuesday, January 17, 2012

साना किषन कृषि सहकारीको सभारणसभा सम्पन्न


सुमन अधिकारी
धादिङ माघ ३ धुवाँकोट /
सानाकिसान कृषि सहकारी संस्था लिमिटेड धुवाँकोटको सभारणसभा आज सम्पन्न भएको छ । साधारण सभा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् धादिङ क्षेत्र नं. १ का सभासद पुष्पविक्रम मल्लले उद्घाटन गर्नु भएको थियो   संस्थाका अध्यक्ष लाललोचन नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सह–सचिव विजय बुर्लाकोटी र तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङका अध्यक्ष अक्कल बहादुर तामाङको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवादी धुवाँकोटका सचिव राजकुमा श्रेष्ठ, नेकपा एमालेका गाउँ सचिव शिव कुमार श्रेष्ठ, नेपाली काँग्रेस धुवाँकोटका सभापति तेजबहादुर गुरुङ, सरस्वति उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण कुमार अधिकारी सहित विभिन्न संघ–संस्थाका प्रतिनिधि, वुद्धिजिवि, समाजसेवी र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 
साधारण सभाबाट कृषकहरुले जनयुद्धको समयमा लिएको ऋण मिनाहा गर्ने विषयमा पहल गर्न लाललोचन नेपालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दहाल नेतृत्वको सरकारले जनयुद्धको समयमा कृषकहरुले लिएको ऋण मिनाहा गर्ने घोषणा गरेको भएपनि धुवाँकोटमा हालसम्म कृषकहरुको सो ऋण मिनाहा हुन सकेको छैन । 

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।