Saturday, January 14, 2012

अग्रणीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

धादिङबेसी पुस ३०
अग्रणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा आज धादिङबेसीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका प्रमुख सल्लाहकार खिलप्रसाद सिलवालको प्रमुख आतिथ्य र धादिङ वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष  कृष्णलाल उप्रेतीको विशेष आतिथ्य रहेको थियो । 
कार्यक्रममा संस्थाका सल्लाहकारहरु पुष्पराज रेग्मी र कृष्णप्रसाद पोखरेल, रेडियो बिहानीका निमित्त स्टेसन म्यानेजर नारायण सिलवाल, प्रत्यूष दैनिकका सम्पादक रमेश अधिकारी लगायतको आतिथ्य रहेको थियो । सो अवसरमा संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
१ सय ७ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०६७÷०६८ मा ३३ हजार रुपैंया मुनाफा आर्जन गर्न सफल भएको सो अवसरमा जानकारी दिइएको थियो । संस्थाले वचत संकलन र व्यवसायिक ऋण लगानी गर्दै आएको अध्यक्ष विष्णुप्रसाद कोइरालाले बताउनुभएको छ ।
यसैबीच उज्यालो वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुनौलाबजार –७, धादिङको चौँथो बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुप्रसाद कोईरालाको अध्यक्षतामा सम्पन्न साधारणसभामा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वेदनिधि अधिकारीको प्रमुख आतिथ्य र संस्थाका सल्लाहकार सिताराम पोख्रेलको विशेष आतिथ्य रहेको थियो । 
सो अवसरमा संस्थाका कोषाध्यक्ष मानबहादुर श्रेष्ठले आर्थिक वर्ष २०६७÷०६८ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा दिइएको जानकारी अनुसार संस्थाले आर्थिक वर्ष २०६७÷०६८मा १० लाख भन्दा बढीको कारोबार गरेको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।