Saturday, January 21, 2012

किप्कासा सहकारीको दोस्रो साधारण सभा सम्पन्न

किशोर अधिकारी
धादिङ माघ ८ किराञ्चोक/
किप्कासा कृषि सहकारी संस्था लिमिटेड किराञ्चोक ९ ज्यामुन्टारकोे तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनले उत्तम प्रसाद जमरकट्टेलाई अध्यक्षमा चयन गदै किराञ्चोकमा सम्पन्न भएको छ । नौ सदस्यीय पुर्नगठित संस्थाको उपाध्यक्षमा चन्द्र प्रसाद अधिकारी, सचिवमा हरीशरण तामाङ र कोषाध्यक्षमा शकुन्तला बराल चयनहुनुभएको छ । संस्थाका निर्वतमान अध्यक्ष रामजी बहादुर क्षेष्ठको अध्यक्षता रहेको अधिबेशनमा अखिल नेपाल किसान संघ क्रान्तिकारी धादिङका अध्यक्ष ध्रुव सुबेदीको प्रमुख आतिथ्य र अखिल नेपाल शिक्षक संगठन जिल्ला सचिवालय सदस्य केशव रिमालको विषेश आतिथ्य रहेको थियो । जनयुद्धको समयमा किराञ्चोक गाविसमा शहिद भएकाहरुको नाममा स्थापना गरीएको संस्थाको शेयर पुँजी ४ लाख २४ हजार २ सय र कुल पँुजी १५ लाख १९ हजार ५ सय २५ रुपैया रहेको संस्थाको कुल मुनाफा ४८ हजार २ सय ६३ रुपैँया रहेको कार्यक्रममा जानकारी दिईएको थियो । कृषि क्षेत्रलाई लक्षित गरेर स्थापना गरेको संस्थाले ग्रामिण भेगमा विउ, मल, विषादी र भेटनरी समेत सञ्चालन गरेकोे छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।