Saturday, January 21, 2012

महालक्ष्मी बहु उद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

धादिङ माघ ८ खाल्टे/
“हाम्रो खरी राम्रो खरी, बाख्रा पिंडालु गाउँ भरी” भन्ने मूल नाराका साथ गाउँमा पिंडालु खेती र बाख्रा पालनलाई विस्तार गर्ने निर्णय गर्दै जयलक्ष्मी बहु उद्देश्यीय सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभा खरीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेश अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभाले खरीमा उत्पादन हुने पिंडालुको प्रचार प्रसार गर्न सकिएमा यसबाट धेरै लाभ लिन सकिने भन्दै पिंडालु खेती गर्न चाहनेहरुलाई पिंडालुको विउ उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै साधारणसभाबाट त्रिपुरासुन्दरी देवीको मन्दिमा संस्थाको तर्फबाट घण्ट राख्ने समेत निर्णय गरेको संस्थाका अध्यक्ष राजेश अधिकारीले बताउनुभयो । सो अवसरमा संस्थाका व्यवस्थापक पार्वती श्रेष्ठले आर्थिक आयव्यव विवरण प्रस्तुत गर्नुभएको थियो । १ सय ५ जना शेयर सदस्य रहेको संस्थको कुल पूँजी ८ लाख २३ हजार रहेको र संस्थाले यसवर्ष कुल १ लाख १९ हजार ३ सय ९२ रुपैंया आम्दानी गरेको सो अवसरमा जानकारी दिइएको थियो । 

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।