Sunday, January 8, 2012

जिल्लाका हरेक कुनामा सहकारीको पहुँच विस्तार गर्नुपर्छ ः बडाल

धादिङबेसी पुस २४/
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले जिल्लाका हरेक कुनामा सहकारीको पहुँच विस्तार गर्नुपर्ने बताउनु भएको छ । सहारा महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारणसभाको उद्घाटन शत्रमा सम्बोधन गर्दै बडालले सो कुरा बताउनुभएको हो । ३ खम्बे अर्थ नीतिलाई अझ प्रभावकारी बनाउन, सेयर सदस्यहरुलाई अगाडि बढाउनु पर्ने बेला आएको उहाँको भनाई थियो । 
सहकारी संस्थाले वचत र ऋण लगानी मात्र गर्ने काममात्र गरिरहेको भन्दै उहाँले सामाजिक सेवामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । संस्थाका अध्यक्ष पार्वती खाँडको अध्यक्षतामा सम्पन्न सधारणसभामा साना किसान कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एवं साना किसान विकास बैंकका अध्यक्ष खेमबहादुर पाठक सहित विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिरुले मन्तव्य राख्नुभएको थियो । 
१ हजार ५ सय ५० जना सेयर सदस्य रहेको संस्थाले शेयर सदस्यहरु माझ २ करोड ५१ लाख ३२ हजार ३ रुपैँया ऋण लगानी गर्दै आएको सो अवसरमा जानकारी दिइएको थियो । आर्थीक वर्ष २०६७/०६८ मा संस्थाले ९ लाख ६५ हजार ३ सय ५६ रुपँैया खुँद मुनाफा आर्जन गर्न सफल भएको बताइएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।