धादिङ पुस २४ गते त्रिपुरेश्वर/
शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्थाको सदस्यता वितरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम आज सल्यानकोट र त्रिपुरेश्वरमा सम्पन्न भएको छ । कार्की गाउँ उच्च माध्यमिक र नेत्रावती निम्न माध्यमिक विद्यालय सल्यानकोट तथा अचने उच्च माध्यमिक विद्यालय र जनज्वोती निम्न माध्यमिक विद्यालय त्रिपुरेश्वरमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य शंकर अधिकारी, संगठनका जिल्ला उपाध्यक्ष अर्जुन नगरकोटी र जिल्ला सचिवालय सदस्य रविदत्त सापकोटा लगायतले शिक्षकहरुको हकहितको लागि स्थापित शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्थाको बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा संगठनको सदस्यता वितरणका बारेमा समेत छलफल भएको संगठनका जिल्ला सचिव रमेश कठायतले जानकारी दिनुभएको छ ।
0 comments:
Post a Comment