Monday, January 9, 2012

सहकारी सम्बन्धी अन्तरक्रिया जारी

धादिङ पुस २६ बसेरी/
जिल्लामा रहेर विभिन्न विद्यालयहरुमा अध्यापन गराउने शिक्षहरुको हकहित संरक्षण गर्नको लागि स्थापना गरीएको शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्थाले अहिले सहकारी शिक्षा संम्बन्धी अन्तरक्रियालाई तिव्र पारेको छ । आफ्नो वार्षिक साधरण सभा नजिकँदै जाँदा सहकारीले सुरुमा त्रिपुरेश्वरमा र हिजो बसेरीको महालक्ष्मी उच्च माध्यमिक विद्यालयमा सम्पन्न गरेको हो । सहकारीका  गणेश बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका ३० जना शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका ताम्सालिङ राज्य समिति संयोजक शंकर अधिकारी र जिल्ला उपाध्यक्ष अर्जुनबहादुर नगरकोटिले शिक्षक कल्याण वचत तथा ऋण सहकरीको बारेमा जानकारी गराउनु भएको थियो  ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।