धादिङ माघ ८ खाल्टे/
शङखादेवि बचत तथा ऋण सहकारी संस्थाको नवौ साधारणसभा पुन राम बहादुर गुरुङलाई अध्यक्षमा चयन गर्दै खाल्टे १ पात्लेमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संस्थाका शेयर सदस्यहरुको सहभागीता रहेको थियो । पुर्नरगठित ९ सदस्यीय संस्थाको उपाध्यक्षमा राजेन्द्र प्रसाद दाहाल, सचिवमा नवराज गीरी र कोषाध्यक्षमा झंम बहादुर गुरुङ चयनहुनु भएको छ । १ सय ५५ जना शेयर सदस्य रहेको संस्थाको कुल लगानी २० लाख ९ सय २९ रुपैँया र संस्थाको शेयर पुँजी ४० हजार ९ सय रहेको छ ।
0 comments:
Post a Comment