Thursday, January 19, 2012

अन्नपूर्ण कृषि सहकारीको साधारणसभा


धादिङ माघ ३ मार्पाक
अन्नपूर्ण कृषि सहकारी संस्था मार्पाक ६ को प्रारम्भिक साधारण सभा आज सल्यानकोटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्र पन्तको अध्यक्षतामा सम्पन्न साधारणसभामा शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था धादिङका अध्यक्ष केशरीप्रसाद पन्तको प्रमुख आतिथ्य रहेको थियो । 
स्थानीय राजनीति दलका  प्रतिनिधि, विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु र सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष टोपप्रसाद पन्तले आर्थिक र सचिव सावित्रा थापाले भावी कार्य योजना सहितको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
हाल मार्पाक गाउँ विकास समितिलाई कार्य क्षेत्र बनाएर दैनिक कारोवार सञ्चालन गर्दै आएको संस्थाले आगामी दिनमा आसपासका अन्य गाउँ विकास समितिमा पनि सेवा क्षेत्र विस्तार गर्ने संस्थाका अध्यक्ष राजेन्द्र पन्तले बताउनुभयो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।