Sunday, January 8, 2012

अन्तराष्ट्रिय सहकारी वर्षको प्रचार–प्रसार तीव्र पारिने



काडमाडौ पुस २४ गते /
अन्तर्राष्ट्रिय सहकारी वर्षको प्रचार–प्रसारमा कुनै कसर बाँकी नराख्ने राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले बताउनुभएको छ । सहकारी वर्ष भव्य रुपमा मनाउन प्रत्येक सहकारी संघसंस्थाले कुनै न कुनै उपलब्धिमूलक कार्य गरी देखाउन आग्रहसमेत उहाँले गर्नुभयो ।
जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंको वार्षिक साधारणसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सहकारी संस्थाहरुले वित्तीय कारोबारलाई मात्र सीमित नबनाई आयात प्रतिस्थापन, निर्यात बढाउने, रोजगारी सृजना गर्ने खालका कार्यक्रमलाई पनि पहिलो प्राथमिकता दिनुपर्ने र यस्ता खालका कार्यक्रम सञ्चालन गरी सहकारी वर्ष सफल बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल अधिराज्यभरका जनताले सहकारीको महत्व बुझेको खण्डमा मात्र सहकारी वर्ष उपलब्धिमूलक हुने र सबै सहकारी संघसंस्थाले यस कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बडालको भनाइ थियो ।
संघका अध्यक्ष केबी उपे्रतीले आर्थिक वर्ष २०६६/०६७ र २०६७/०६८ को वार्षिक प्रतिवेदन तथा संघको भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, संघले अन्तर्राष्ट्रिय सहकारी वर्षमा जिल्लास्तरीय समिति तय गर्ने, स्मारिका प्रकाशन गर्ने, प्रचार–प्रसारमूलक ¥याली गर्ने जनाएको छ । 
संस्थाको आर्थिक वर्ष २०६६/०६७ मा ८ लाख ५८ हजार र आर्थिक वर्ष २०६७/०६८ मा १२ लाख २८ हजार सेयर पुँजी रहेको सभामा जानकारी गराइयो । त्यस्तै, संस्थाले आर्थिक वर्ष २०६६/०६७ मा २ लाख ९२ हजार ४८ रुपैयाँ र आर्थिक वर्ष २०६७/०६८ मा १ लाख ८५ हजार ९ सय २१ निक्षेप संकलन गरी आ.व. ०६७/०६८ मा ९ लाख कर्जा लगानी गरेको संस्थाले जनाएको छ । संघले अघिल्लो आ.वमा १ लाख ६ हजार ९ सय ९५ रुपैयाँ र आ.व ०६७/०६८ मा ३ लाख ६५ हजार ६५ रुपैयाँ नाफा कमाएको जनाएको छ । यो समाचार अर्थखवर डट कमबाट साभार गरिएको हो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।