विनोद शर्मा, पुष २३ चितवन ।
नेपालको जेठो सहकारी वखान सहकारी शारदा नगर चितवनका चार जना संस्थापक सदस्यहरु सम्मानित भएका छन् । ललितपुर जिल्ला सहकारी संघले आज एक कार्यक्रमा बिच वखान सहकारीका संस्थापक सदस्यहरु मोहन सिंह गुरुङ, ईन्द्र सिंह गुरुङ, कृष्ण मान गुरुङ र हर्क वहादुर गुरुङ्लाई सम्मानित गरेको हो । सस्था शुरु हुँदाको समयमा भएका ६० जना सदस्यमध्ये अहिले सो सहकारीमा चार जना मात्रै जिवित रहनुभएको छ । अन्तराष्ट्रिय सहकारी वर्षको अवसर पारेर नेपालकै ऐतिशासिक सहकारी सँसथाका जिवित सदस्यहरुलाई सम्मान गरीएको ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले जानकारी दिनु भयो ।
नेपालमा पहिलो सहकारीको स्थापना गरेर सहकारी अन्दोलनमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरीएकोे दुलालले वताउनु भएको छ । सम्मानित हुने सदस्यहरुले सम्मानबाट सहकारी आन्दोलनमा लाग्न आफुहरुलाई हौसला मिलेको बताउनुभएको छ । सो अवसरमा वोल्ने वक्ताहरुले सहकारी क्षेत्रको विकासका लागि छुट्टै सहकारी मन्त्रालय आवश्यक रहेको वताएका छन् । छुटै सहकारी मन्त्रालय नवनाउदासम्म सहकारीको विकास अपेक्षाकृत तवरले हुन नसक्ने भन्दै उनीहरुले छुटै मन्त्रालयको आवश्यकता रहेको वताएका हुन् । कतिपय सहकारीहरु सहकारीको मापदण्ड विपरित संञ्चालन भएकाले त्यस्ता सहकारीहरु बन्द गराउन तथा सुधार्नका लागि पनि राज्यले सहकारीका क्षेत्रमा ठोस निति ल्याउनु पर्ने उनिहरुको भनाई थियो ।
वखान सहकारी संस्थाका अध्यक्ष हुम वहादुर क्षेत्रिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल, जिल्ला सहकारी संघ चितवनका अध्यक्ष नारायण कोईराला, वखान सहकारी संस्थाका उपाध्यक्ष टिकाराम राना, सदस्यहरु गोविन्द वराल, शेषकान्त अधिकारी लगायतले वोल्नु भएको थियो । वि सं २०१३ साल चैत्र २० गते स्थापना भएको यस सहकारीमा अहिले २ सय ५ जना सेयर सदस्यहरु रहनु भएको छ ।
0 comments:
Post a Comment