धादिङ मसिर २८ गते/
पचास प्रतिशत सहकारी संस्थाले सहकारी मापदण्डअनुसार साधारणसभा नगरेको पाइएको छ । मापदण्डले असोजभित्र वार्षिक साधारणसभा गर्नुपर्ने व्यवस्था गरे पनि मंसिर सकिन लाग्दा ५० प्रतिशत सहकारीले मात्र साधारणसभा सम्पन्न गरेका छन् ।
सहकारी संघसंस्था तथा नियमन मापदण्ड–२०६८ मा प्रारम्भिक सहकारीले असोजभित्र, जिल्ला संघ र विषयगत जिल्ला संघले कात्तिकभित्र, केन्द्रीय संघले मंसिरभित्र र राष्ट्रिय संघले पुसभित्रमा साधारणसभा गरिसक्नुपर्ने व्यवस्था गरेको छ । समयमा साधारणसभा नगर्ने संस्थालाई कारबाहीबारे मापदण्डमा उल्लेख नगरेकाले समयमा साधारणसभा नगरेका हुन् ।
“मापदण्डअनुसार प्रारम्भिक सहकारीले असोजभित्र साधारणसभा गरिसक्नुपर्छ” डिभिजन सहकारी कार्यालय काठमाडौंका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले भने, “तर हालसम्म ५० प्रतिशत संस्थाले मात्र साधारणसभा सम्पन्न गरेका छन् ।” समयमै साधारणसभा नगर्ने सहकारीलाई कारबाहीसम्बन्धी कुनै प्रावधान नभएकाले मापदण्डलाई अटेर गरेको उनको भनाइ छ । यसैगरी जिल्ला संघहरूले कात्तिकभित्र साधारणसभा गर्नुपर्ने भए पनि हालसम्म काठमाडौंका जिल्ला संघहरूले पनि साधारणसभा नगरेको शर्माले जानकारी दिए ।
काठमाडौंमा ३ हजार ५ सयभन्दा बढी सहकारी दर्ता छन् । त्यसमध्ये ३ हजारभन्दा बढी सहकारी सञ्चालनमा रहेको डिभिजन कार्यालयले जनाएको छ ।
डिभिजन कार्यालय ललितपुरले पनि हालसम्म करिब ५० प्रतिशत सहकारीले मात्र साधारणसभा गरेको जनाएको छ । ललितपुरका ८ सय सहकारीमध्ये करिब ४ सय संस्थाले मात्र समयमै साधारणसभा गरेको कार्यालयले जनाएको छ ।
सहकारी एक पटक दर्ता गरेपछि यसको वार्षिक साधारण सभालाई नै संस्थाको नवीकरण गर्ने आधारको मान्यता दिइन्छ । संस्थाको सर्वोच्च निकायका रूपमा लिइने साधारणसभाले सञ्चालक समिति चयन गर्ने, लेखा परीक्षण नियुक्त गर्ने, संस्थाको वार्षिक समीक्षा गरी नयाँ कार्ययोजना बनाउने गर्छ ।
मापदण्डले दुई वर्षसम्म नियमित साधारणसभा नगर्ने सहकारीको दर्ता खारेज गर्ने व्यवस्था गरेको छ । कारोवार दैनिक मंसिर २५ मा प्रकासित

0 comments:
Post a Comment