२८ मंसिर, काठमाण्डौ / राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सेयरधनी सहकारी सङ्घसंस्थालाई १० प्रतिशत लाभांश दिने भएको छ । हालसम्म ६६ जिल्लाका तीन हजार ५ सय ४१ सेयर सदस्य सो बैंकमा आबद्ध छन् । बैकमा नेपाल सरकारको एक करोडसहित बैंकको सेयर रकम २० करोड ३२ लाखसहित एक अर्ब ६५ करोड ८८ लाख रुपैया निक्षेप छ ।
देशभित्र छरिएर रहेका सम्पूर्ण सहकारी सङ्घसंस्थाको प्रवर्द्धन, विकास एवम् तिनीहरूको वित्तीय आवश्यकतालाई पुरा गरी ती संस्थालाई बैंकिङ सेवामा पहुँच दिन तथा अन्य वित्तीय सेवा सुविधा उपलब्ध गराई सहकारी क्षेत्रलाई सहयोग पुर्याउन स्थापित सो बैंकले विसं २०६१ देखि कारोबार गर्दै आएको हो । यही मङ्सिर २८ गते बैंकको आठौ साधारणसभा हुँदैछ ।
बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले नेपालभर २३ हजार सहकारी संस्था रहेकामा सबैलाई आबद्ध गराउने लक्ष्य रहेको र ठूला सहकारी उद्योगमा लगानी गर्ने बैंकको लक्ष्य रहेको जानकारी दिनुभयो । बैंकले अन्तर्राष्ट्रिय सहकारी बोर्डको सदस्यता लिने लक्ष्य पनि राखेको छ । रासस

0 comments:
Post a Comment