Tuesday, December 13, 2011

६६ जिल्लामा सहकारी बैंकको सदस्यता

धादिङबेसी मंसिर २८/
राष्ट्रिय सहकारी बैंकले ६६ जिल्लामा आफ्नो सदस्यता पु¥याएको छ । सहकारी क्षेत्रको एकमात्र बैंकमा हालसम्म ३ हजार ५ सय ४१ सहकारी संघसस्था सदस्य रहेको र १ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ निक्षेप रहेको जनाएको छ ।
२०६० सालमा सहकारी विभागमा दर्ता भएको बैंकले ०६१ साउनमा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति पाएको हो । बैंकले छिट्टै बाँकी ६ वटा जिल्लामा सेवा विस्तार गर्ने जनाएको छ । हाल २४ शाखा कार्यालयबाट सेवा दिइरहेको बैंकको सेयर पुँजी सरकारको १ करोडसहित २० करोड ३२ लाख रुपैयाँ छ । सेवाको प्रभावकारीता बढाउन बैंकले हालै एबीबीएस सेवासमेत सुरु गरेको बताएको छ ।
केन्द्रीय बैंकको निर्देशनअनुसार आव ०७०÷७१ सम्ममा बैंकले ६४ करोड सेयर पुँजी पु¥याउनका लागि सरकारको सेयर बढाउन आग्रह गरिएको र सदस्यता विस्तार अभियान सञ्चालन गरिएको जनाएको छ । यसैगरी अन्तर्राष्ट्रिय सहकारी महासंघसँगको सदस्यताका लागि पनि प्रक्रिया अगाडि बढाएको बैंकले जानकारी दिएको छ ।
यसैबीच बैंकले बुधबार भक्तपुरमा हुने साधारणसभाका लागि तयारी पूरा भएको जनाएको छ । सभा व्यवस्थापनका लागि ११ वटा समिति गठन गरिएको सोमबार पत्रकार सम्मलन गरी जानकारी दिइयो । सभालाई भव्य बनाउन स्थानीय कलासंस्कृति झल्कने झाँकीसहितको प्रभातफेरी आयोजना गरिने र सभामा सहकारी उत्पादनको प्रवद्र्धन गर्न २० वटा प्रदर्शनी कक्षसमेत राखिने बैंंकका प्रवन्ध सञ्चालक केबी उप्रेतीले बताए । कारोवार दैनिक मंसिर २६ मा प्रकासित

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।