राजेन्द्र न्यौपाने गोरखा , ६ माघ । गोरखा जिल्लाको छोप्राक गा.वि.स.मा रहेको जनसेवा उपभोक्ता सहकारीमा गएराती आगलागी भएको छ । आगलागीबाट सहकारीको सात लाख ३५ हजार चार सय ५१ रुपैंया नोक्सान भएको जिल्ला उपभोक्ता सहकारी संघ गोरखाले बताएको छ ।
छोप्राक वडा नं. ५ स्थित चन्द्रमाया गुरुङको घरमा रहेको सहकारीमा गएराती १२ बजेदेखि आगलागी भएको स्थानीयहरुले बताएका छन् । के कारणले आगलागी भयो भन्ने बारेमा अनुशन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ ।
आगलागीबाट तीन लाख मुल्यको चामल, एक लाखको चिनी, दुइ लाखको तेल र अन्य धेरै उपभोग्य समानहरु ज्ालेर नष्ट भएको छ । आगलागीबाट घर पुर्णरुपमा ध्वस्त भएको छ । जिल्ला उपभोक्ता सहकारीले गाउँ गाउँमा सेवा पुर्याउँदै आइरहेको छ ।

0 comments:
Post a Comment