सुमन अधिकारी
धादिङ धुवाँकोट पुस २ गते /
धुवाँकोट वहुउद्देश्य सहकारी संस्थाको चौँथो वाषिक साधारणसभा हिजो धुवाँकोटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष छम बहादुर दाहालको अध्यक्षतामा सम्पन्न साधरण सभाले पुनः छम बहादुर दाहालकै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा विमला तामाङ, सचिवमा चिरंजिवि नेपाल र कोषाध्यक्षमा राजकुमार श्रेष्ठ चयन हुनुभएको छ ।
सो अवसरमा संस्थाका लेखा समिति संयोजक राजकुमार श्रेष्ठले आर्थिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कुलपुँजी ८ लाख रहेको संथाले आर्थिक बर्ष २०६७÷०६८ मा २२ लाख ६८ हजार ४ सय २७ रुपैयाँ बराबरको कारोबार गरेको र २१ हजार ६ सय ७१ रुपैंया खुद नाफा आर्जन गरेको सो अवसरमा जानकारी दिइएको थियो । संस्थाले धुवाँकोटमा सुपथ मूल्य सहकारी पसल सञ्चालन गर्दै आएको छ ।
0 comments:
Post a Comment