नारायण सिलवाल
धादिङबेसी पौष ६ गते/
सरकारले सन् २०१२ लाई अन्तराष्ट्रि«य सहकारी वर्षका रूपमा मनाउने निर्णय गरि सकेको छ । तर सहकारीहरु भने त्यहि गतिमा अगाडी बढीरहेको देखिदैन । मुलुक भर अहिले २३ हजारभन्दा बढी सहकारी छन् । सहकारीको बढ्दो कारोबार सँगै विभागको क्षमता नबढ्दा सहकारी क्षेत्रमा जोखिम बढ्दै गएको सहकारी विज्ञहरूले औल्याउँदै आएका छन् ।
२०१२ मा सहकारीका माध्यमबाट मुलुकमा गरिबी निवारण, मुलुकको आथिर्क तथा सामाजिक विकासमा पुग्ने योगदानबारे जनचेतना, सहकारी विकास र प्रवद्र्धनमा आवश्यक कानुन, नीतिनियम बनाउने तथा पिछडिएका क्षेत्र र वर्गमा सहकारीको पहुँच बढाउने कार्यक्रम कार्यान्वयन गरिने सरकार ले जनाउँदे गर्दा सहकारीहरु कत्तिको तयारीमा छन् त ? सहकारी संघसंस्था तथा नियमन मापदण्ड–२०६८ मा प्रारम्भिक सहकारीले असोजभित्र, जिल्ला संघ र विषयगत जिल्ला संघले कात्तिक भित्र, केन्द्रीय संघले मंसिर भित्र र राष्ट्रिय संघले पुस भित्रमा ससाधरण सभा गरि सक्नु पर्ने व्यवस्था गरेको छ । तर सहकारीहरुले साधरण सभा समयमानै गरि रहेका छैनन् । साधरणसभा नगर्ने संस्थालाई कारबाहीबारे मापदण्डमा उल्लेख नगरेकाले समयमा साधरणसभा गरिदैन यदि साधरण सभा गरिहाले पनि सहकारीका न्यून सदस्यमात्र उपस्थित हुने गरेको देखिन्छ । साँच्चै २०१२ लाई सहकारी वर्षका रुपमा मनाउने हो सहकारीले पनि त्यहि अनुसार गर्नु पर्छ कतिपय सहकारीहरु सहकारी ऐन भन्दा बाहिर गएर संचालन भएका छन् । तत्काल छानबिन गरिनु आवश्यक छ ।
सरकारले चालू आथिर्क वर्षको बजेटमा ५ करोडभन्दा बढी कारोबार भएको सहकारी संस्थाको राष्ट्र बैंकले अनुगमन गर्ने व्यवस्था गरेको थियो । तर जनशक्ति र पूर्वाधार अभावको कारण देखाउँदै बैंकले सहकारीको अनुगमन गर्न नसकिने बताउँदै अनुगमनमा सहयोग मात्र गर्न सकिने बतायो । यस तर्फ संबन्धित निकायको ध्यान किन कमजोर बन्दै छ । धादिङमा मात्र बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु ११०, साना किसान कृषि सहकारीहरु २८, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३२२ भन्दा बढी संघ संस्थाहरु संचानलमा रहेका छन् । धादिङमा ३२२ भन्दा बढी सहकारीहरु संचालनमा आए पनि यस वर्ष यो मंसिर सम्म साधारणसभा गर्ने सहकारी मात्र ५० को हारा हारीमा रहेका छन् । अन्य सहकारीको किन साधारण सभा हुन सकिरहेको छैन कति सहकारीमा त संचालक समिति र एक पटक सम्पूण सेयर सदस्यहरुले सोच्नु पर्ने बेला आएको छ ।
यहाँ आर्थिक वर्ष २०६७/२०६८ मा नै २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् । यति धेरै सहकारी प्रति उत्साह हुँदा हुदै पनि किन समयमै सहकारीहरुको साधरण सभा हुन सकिरहेको छैन रहेको छैन यसबारे सहकारी सेयर सदस्यहरु नै जिम्बेवार छन् कि अनुगकन निकाय । जेहोस समयमै यस तर्फ सोच्दै सबै सहकारीे साधारण सभामार्फत २०१२ लाई सहकारी वर्षका रुपमा निर्णय गर्नु पर्छ ।
0 comments:
Post a Comment