धादिङबेसी, पुस ३/
रामबहादुर घलेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै ग्रामिण यातायात सहकारी संस्था लिमिटेड धादिङको चौँथो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन हिजो धादिङबेसीमा सम्पन्न भएको छ । धादिङ उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न अधिवेशनले कार्य समितिको उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, महा–सचिवमा हबिहादुर श्रेष्ठ, सचिवमा उमेश कुमार श्रेष्ठ र कोषाध्यक्षमा रमेश भाई अधिकारीलाई चयन गरेको छ ।
पुनर्गठित कार्यसमितिको सदस्यहरुमा सीताराम पोख्रेल, लालबहादुर श्रेष्ठ, सन्तबहादुर तामाङ, गोविन्द भण्डारी, चन्द्रबहादुर भुजेल र शन्तबहादुर भण्डारी रहनुभएको छ । अधिवेशनले सोम्बले तामाङको संयोजकत्वमा रामचन्द्र गिरी र भेषराज रिजाल सदस्य रहनुभएको लेखा समिति पनि चयन गरेको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् धादिङ क्षेत्र नं. १ का सभाषद पुष्पविक्रम मल्लले अहिले मुलुक गम्भिर मोडमा रहेको बताउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै मल्लले अहिले भारतीय विस्तारवादको ठाडो हस्तक्षेपका कारण चिनिया प्रधानमन्त्रिको नेपाल भ्रमणमा असर परेको बताउनु भयो । जास्तो सुकै मूल्य चुकाएर भएपनि राष्ट्रियता जोगाउन तथा शान्ति र संविधानलाई पूर्णता दिन माओवादी लागि परेको उहाँको भनाई थियो ।
अधिवेशन उद्घाटन शत्रमा एकीकृत नेकपा मओवादी धादिङका सह–इञ्चार्ज रामबहादुर भण्डारी तथा शेरबहादुर भण्डारी, नेकपा एमालेका कृष्ण अर्याल, जिल्ला सहकारी संघ धादिङका सचिव गंगादत्त तिमल्सिना, अखिल नेपाल यातायात मजदुर संगठनका जिल्ला अध्यक्ष बद्रि सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । ९ महिला र १ सय ३३ पुरुष गरि १४२ जना शेयर सदस्य रहेको सहकारीले धादिङ–काठमाडौं रुटमा १७ र धादिङबेसी–किन्ताङफेदी–सल्यानटार रुटमा ७ बटा गाडीहरु नियमित संचालन गर्दै आएको छ । संस्थाले आर्थिक वर्ष ०६७÷०६८ मा कुल २३ लाख २९ हजार ३ सय २६ रुपैयाँ बराबारको कारोबार गरेको सो अवसरमा जानकारी दिइएको थियो । २ लाख ८४ हजार कुल पुँजी रहेको संस्थाले गत आर्थिक शत्रमा कुल ९ हजार ६५ रुपयाँ मुनाफा आर्जन गरेको संस्थाका निबर्तमान सचिव रामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

0 comments:
Post a Comment