मनिस दुवाडी
पुस १० धादिङबेसी पुस ९, धादिङर
सहकारी संस्थाहरु धेरै हुँदा टिक्न गाह्रो पर्ने भएकाले नेपालमा सहकारी एकीकरणको खाँचो भएको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले बताएका छन् । जिल्लामा क्रियाशील भैरवी वचत तथा ऋण सहकारी संस्थाको दसौं वार्षिक साधारण सभाकाको उद्घाटन गर्दै अध्यक्ष बडालले सरकारले निजी क्षेत्रमा जति लगानी गरेको छ त्यो सहकारी क्षेत्रमा गर्न नसकेको आरोप लगाउनुभएको छ । बडालले सरकारले नगरपालिका क्षेत्रका सहकारीलाई चर्को कर लगाएकोमा आपत्ति जनाउँदै तत्काल खारेजीको माग गरेका छन् । राष्ट्र सञ्चालक र सहकारी संम्बन्धि नीति नियम बनाउनेहरु दक्ष र सम्बन्धित क्षेत्रमा ज्ञाता नभएका कारणले गलत प्रकारको सहकारी नियम बनाइएको आरोप समेत बडालले लगाएका छन् । उनले सहकारी संस्थाले वचत र ऋण लगानी मात्र गर्ने काम गरेको बताउँदै सामाजिक सेवामा ध्यान दिनुपर्ने वताउनुभएको छ ।
६ सय उनान्साठी सेयर सदस्य रहेको यस सहकारीले दुई करोड २९ लाख रुपियाँ लगानी गरेको सहकारी संस्थाका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताउनु भयो । संस्थाले सहकारीको गतिविधिलाई प्राथमिकताका साथ प्रचार प्रसार गरेको भन्दै रेडियो लोकतन्त्र लगायत आठ जना सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ ।
Posted in:
0 comments:
Post a Comment