Monday, December 12, 2011

देशको आर्थिक, सामाजिक र सा“स्कृतिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण ः कंडेल


मंसिर २६ खहरे धादिङ/  वचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष मिनराज कंडेलले सहकारीले देशको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । शुक्रबार नेत्रावती वचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभाको उद्घाटन शत्रमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
 कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कंडेलले सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई सहकारी शिक्ष, यसको महत्व र आवश्यकताको विषयमा समेत प्रष्ट्याउनु भएको थियो । संस्थाका अध्यक्ष भूवन धरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्य र नेत्रावती सामुदायिक क्याम्पस त्रिपुरेश्वर ३ खहरेका प्राचार्य बालकृष्ण तिमल्सिनाको विशेष आतिथ्य रहेको थियो ।
स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको आतिथ्य रहेको कार्यक्रममा संस्थाका कोषध्यक्ष नारायण कुमार श्रेष्ठले ३५ लाख ४० हजार १ सय ८९ बराबरको आर्थिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । ३ सय ८ जना शेयर सदस्य रहेको संस्थामा ६८ जना बाल बचतकर्ता रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।