![]() |
काजी श्रेष्ठ आर्थिक पत्रकार |
कृषिको विकास बिना बहुसंख्यक जनताको जीवनस्तर उठ्नसक्दैन, यो वास्तविकता हो । सोही अनुरुप कृषिक्षेत्रको व्यवसायिकरण हुन आवश्यकता छ । जसका लागि सहकारीताको माध्यम बाट मात्र सम्भव छ । सोही अनुरुप परम्परागत खेती गर्दै आएका कृषकले कृषि क्षेत्रलाई व्यवसायीकरणमा लैजान सहकारीमा आवद्ध हुने संख्या बढ्दो छ । कृषि सहकारीको संख्यामा बृद्धिको साथै यसमा लगानी पनि बढ्दै गएको पाइन्छ । सोही अनुसार कृषि उत्पादन पनि । विगत केही वर्षयता कृषि सहकारी संस्था गठनमा कृषकको आकर्षण बढेको छ ।
कृषि सहकारीले कृषकलाई सङ्गठित गरी उनीहरुको आर्थिक तथा सामाजिक विकासमा विभिन्न किसिमका सहयोग गर्ने भएकाले त्यसतर्फ किसानको आकषर्ण बढेको हो । सहकारी आपसमा मिलेर काम गर्न एउटा माध्यम र आधार हो । धेरै मानिसहरु भएर एक्लाएक्लै पनि वा भिन्दाभिन्दै काम गरेर सफलता पाउन सकिंदैन, त्यसको लागि साझा लक्ष्य एवं उद्देश्य एउटै बनाएर धेरै जना मिलेर काम गर्दा सरल र सहज रुपमा लक्ष्य प्राप्त गर्नसकिन्छ जुन आधार सहकारी हो । सहकारीताको माध्ययम बाट कृषिको व्यवसायिकरण गर्दा छरिएर रहेका साना पुँजीलाई एकै ठाउँमा संकलन गर्न सहयोग मिल्नुका साथै टुक्रे जमिनलाई चकलाबन्दी गरी आधुनिक रुपमा व्यवसायी खेती गर्न सकिन्छ । गत आर्थिक वर्षमा कृषि सहकारी स्ंस्थाहरुबाछ करिब ३ अर्बलगानी परिचालन भएको तथ्यांकले देखाएको छ । सहकारीको माध्यमबाट कृषि क्षेत्र रुपान्तरण गर्नका लागि पनि यस क्षेत्रमा लगानी बढ्दै हो । जसका कारण पनि मुलुकको समग्र अर्थतन्त्र विस्तारमा सहकारी क्षेत्रले महत्त्वपूर्ण योगदान पुगेको छ । स्थापना भएको छोटो समयमै अधिकांश कृषि सहकारीले उल्लेख्य सफलता हासिल गर्न सफल भएका छन् । सहकारी विभागका अनुसार मुलुकभर सञ्चालित २२ हजार ६ सय ४६ सहकारी संस्थाहरु मध्ये ५ हजार ३ सय ४८ ओटा कृषि सहकारी संस्था दर्ता भई सञ्चालनमा रहेका छन्् । जसमा कृषि सहकारी ३ हजार १ सय ४४, दुग्ध सहकारी संस्था १ हजार ७ सय ४८ ओटा सञ्चालनमा रहेका छन् । त्यस्तै, १ सय ४ ओटा चिया सहकारी, ६७ कफी सहकारी, ७३ ओटा जडीबुटी सहकारी र ५१ ओटा मौरीपालन सहकारी संस्था सञ्चालनमा रहेका छन्् । त्यस्तै १ हजार १ सय ४४ कृषि सहकारी संस्थाहरु बाट १ अर्ब २२ करोड ४५ हजार तीन सय ५३ रुपैयाँ, १ हजार ७ सय ४८ ओटा दुग्ध सहकारी संस्थाहरुबाट ९ करोड ७१ लाख ७८ हजार ८ सय ५१ रुपैयाँ, १ सय ६१ तरकारी तथा फलफूल सहकारीमा ५६ करोड ७७ लाख ७ हजार ४ सय ७१ रुपैयाँ लगानी भएको छ । त्यस्तै १ सय ४ चिया सहकारीमा ६ लाख ३२ हजार, ६७ कफी सहकारीमा १४ लाख ७९ हजार ८ सय ५२ रुपैयाँ लगानी परिचालन भएकोे छ । त्यसैगरी, ७३ जडीबुटी सहकारीमा २७ लाख ९१ हजार ४ सय ५६ र ५१ मौरीपालन सहकारीमा ६५ लाख २ हजार ८ सय ५८ रुपैंया लगानी भएको छ । हाम्रो जस्तो परम्परागत रुपमा हुदै आएको खेति प्रणालीलाई सहकारी करण गरेर आधुनिक खेति तर्फ लैजानु आबश्यक छ । कृषि उत्पादन वृद्धि गर्नसहकारी खेति प्रणालीमा आधारित भएर अगाडि बढ्नु आजको आवश्यकता हो । ‘गाँउ गाँउमा सहकारी घर घरमा भकारी’ भन्ने नारा नारामा मात्र सिमित भएको छ । त्यस नारालाई साच्चैनै व्यवहारमा उर्तान को लागि कृषि सहकारीको ठूलो भुमिका रहन्छ । सहकारीले साच्चैनै मानिको जिवन माथि उठाउन सफल भएको छ । अझ भन्ने हो भने सहकारीले ग्रामिण जनताको जिविकोपार्जन समेत सिर्जना गरेको छ । तर पनि देशको सबै ठाउँका गाउँ– गाँउमा सहकारी पुग्न सकेको छैन । विशेष गरी सहकारी शहर केन्द्रित रहेको पाईन्छ । यसमा कसैको पनि दुई मत नहोला । नेपालको साच्चैनै विकास गर्ने हो भने सहकारीबाट मात्र सम्भव छ । तर अहिले सहकारी खेति सम्बन्धी स्पस्ट कानुनी व्यवस्था हुन नसक्दा प्रभावकारी रुपमा काम हुन सकेको छैन । बिशेष गरि यो सम्बन्धी कानुन निर्माण प्रकृयामा रहे पनि हाल सम्म अन्यौल रहेको छ । सहकारी खेती सम्बन्धी कानुन निर्माण गरि यसको कार्यन्वयन हुन सके हाम्रो जस्तो कृषि प्रदान देशमा विकासको हिसाबले केही गति लिन सक्थ्योकी kajisansar.blogspot.com ।
0 comments:
Post a Comment