Sunday, November 20, 2011

सहकारी स्थापना गरेर २२ बिघा जमिनमा तरकारी खेती

रोशन अधिकारी झापा, मंसिर ४
– व्यावसायिक खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि शनिस्चरेबाट बिदेसिएकाहरू घर र्फकन थालेका छन। सहकारी स्थापना गरेर २२ बिघा जमिन भाडामा लिई तिनका परिवारले तरकारी खेती गर्न थालेपछि विदेशमा काम गर्नेहरू फर्किएका हुन। ‘यो क्षेत्र वरपरका करिब १३ जना विदेशबाट तरकारी खेतीका लागि फर्किएका छन्,’ कतारबाट फर्किएका गिरिराज उप्रेतीले भने, ‘घरमै बसेर विदेशको जति आम्दानी हुन थालेको छ।’
कटहरडाँडा कृषि सहकारीका सदस्य रहेका उप्रेतीले डेढ बिघा जमिनमा तरकारी खेती गरिरहेका छन। सहकारीमा रहेका ४५ सदस्यले प्रतिबाली न्यूनतम १५ हजार नाफा गरेको बताउँछन्। सबैभन्दा बढी नाफा बेमौसमी तरकारीबाट भएको छ। ‘तालिम लिएर सहकारी स्थापना गरी खेती गर्न थालेपछि आम्दानी धेरै बढेको छ,’ सहकारीका अध्यक्ष वसन्त कुमार राजवंशीले भने, ‘अबको वर्ष एक करोड रुपैयाँ आम्दानी गर्ने योजना बनाएका छौं।’ सहकारी सदस्यले टमाटर, कोबी, बन्दा, खोर्सानी, आलु, बोडी लगायत उत्पादन गरेर बिर्तामोडको थोक बजारदेखि पहाडी जिल्लासम्म पुर्‍याउने गरेका छन। ‘हामीले माग अनुसारको उत्पादन गर्न सकेका छैनौं,’ राजवंशीले भने।
सहकारी स्थापना गर्नुअघि पनि तरकारी खेती गर्ने कृषकले धेरै फाइदा भने लिन सकेका थिएनन्। ‘स्थानीय गैरसरकारी संस्थाले तरकारी खेतीसम्बन्धी तालिम दिएपछि धेरै सुधार भएको हो,’ राजवंशीले भने, ‘सहकारीमा सदस्यता र खेती बढाउने काम गरिरहेका छौं।’ उक्त स्थानको व्यावसायिक कृषिबाट प्रभावित भएर अन्यत्र पनि जग्गा भाडामा लिएर खेती सुरु भएको उनले बताए।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालित व्यावसायिक कृषि विकास आयोजना अन्तर्गत २०६६ सालमा स्थानीय गैरसरकारी संस्था सहारा नेपालले तालिम दिएपछि कृषकले व्यावसायिक खेती थालेका हुन्। सोही आयोजना अन्तर्गत मोरङको भाथिगछ ३ र ४ मा पनि २५ कठ्ठा जग्गा भाडामा लिएर भूमिहीनले तरकारी उत्पादन थालेका छन। २६ जनाको समूहमा अधिकांश दलित छन। खेती सुरु गर्नुअघि अधिकांश जुटमिलका कामदार रहेको उक्त समूहका सदस्यले मासिक २५ हजारको हाराहारीमा बचत भइरहेको बताए।
‘आफैं रोजगार पाएका छौं,’ समूहका अध्यक्ष नेपाल राजवंशीले भने, ‘८ घन्टा मिलमा काम गरेर भन्दा धेरै फाइदा भएको छ।’ समूहले २२ हजार रुपैयाँ जम्मा गरिसकेको उनले बताए। ‘दैनिक आम्दानी भइरहन्छ,’ उनले भने, ‘तालिम लिएर काम सुरु गरेपछि धेरै फाइदा भएको छ।’ भाडामा लिएर धेरै आम्दानी गरेको देखेपछि जग्गाधनीले भाडा बढाउने तयारी गरेको उनले बताए। ‘अब मजदुरी नभएर यही काम गरिरहनेछौं,’ अर्का सदस्य सुकुनादेवी ऋषिदेवले भनिन।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन
तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।