Monday, October 31, 2011

रामकोट सहकारीको दोस्रो साधारण सभा सम्पन्न

काजी श्रेष्ठ  कार्तिक १४ गते
धादिङ । जिल्लाको मुरलीभञ्ज्याङ–१ रामकोटमा सञ्चालित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा र आईतबार रामकोट हटियामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेमराज श्रेष्ठले आर्थिक वर्ष ३०६७/०६८ को वार्षिक प्रतिवेदन तथा संस्थाको भावी कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । संस्थाको चुक्ता पुँजी आर्थिक वर्ष २०६६/०६७ मा ७ लाख ७० हजार रहेकोमा आर्थिक वर्ष २०६७/०६८ मा ८ लाख ९९ हजार पाँच सय रहेको संस्थाले जनाएको छ । १ सय ९५ जना शेयर सदस्य रहेको संस्थामा आर्थिक वर्ष २०६७/०६८ मा ११ लाख ६६ हजार ५ सय ७६ रुपैंया निक्षेप संकलन गरी २२ लाख ५ हजार गर्न सफल भएको संस्थाले जनाएको छ । संस्थाले आर्थिक वर्ष २०६७/०६८ मा एक लाख ५० हजार ७ सय ३६ रुपैंया शुद्ध मुनाफा कमाउन सफल भएको संस्थाले जनाएको छ । ‘सहकारी राष्ट्रको स्वाभिमान, नियमित बचतमा रामकोटको अभियान’ भन्ने मुल नारा लिएर २०६६ साल कात्तिक १० गते विधिगत रुपमा डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भएको हो । ग्रामिण भेगमा सञ्चालन भएको भए पनि सहकारीले राम्रो प्रगती गर्न सफल भएको संस्थाका अध्यक्ष हेमराज श्रेष्ठले बताउनु भयो । चालु आ.वमा सेयर पुँजीलाई बृद्धि गरि २० लाख पु¥याउने लक्ष्य रहेको संस्थाले जनाएको छ । संस्थाले चालु आर्थिक वर्ष देखिनै विभिन्न खालका बचत कार्यक्रमहरु ऐच्छिक बचत, मुद्दती बचत, लगायतका पनि संचालनमा ल्याउने जनाएको । शेयर पुँजीलाई वृद्धि गर्दै विभिन्न खालका सामाजिक कार्यमा पनि सर्मपित हुँदै जाने संस्थाले जनाएको छ । ग्रामिण भेगमा स्थापना भएको यस सहकारी आगामी दिनमा ग्रामीण जनताहरुलाई विभिन्न खालका जनचेतनामुलक कार्यक्रम संचालन गर्ने बताईएको छ ।


0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।