ढोला असोज २८
साना किसान कृषि सहकारी संस्था ढोलाको छैटौं वार्षिक साधारणसभा आज ढोला गाउँ विकास समितिको रानाचौतारामा सम्पन्न भएको छ । सानाकिसान कृषि सहकारी संस्था ढोलाका अध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा सानाकिसान कृषि सहकारी संघ धादिङका प्रबन्धक खिलप्रसाद सिलवालको प्रमुख आतिथ्य रहेको थियो ।
संस्थाका शेयर सदस्यहरुको उपस्थिती कार्यक्रममा आर्थिक आयव्यय विवरण सहित भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।
नगद ३३ लाख रुपैयाँ बचत रहेको संस्थाले यसबर्ष ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको सो अवसरमा जानकारी दिइएको थियो । ५ सय २८ जना शेयर सदस्य रहेको सहकारीको कुल पूँजी ७० लाख रुपैयाँ रहेको छ । संस्थाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ऋणलगानी गर्दै आएको सानाकिसान कृषि सहकारी संघ धादिङका प्रबन्धक खिलप्रसाद सिलवालले जानकारी दिनुभएको छ ।
0 comments:
Post a Comment