Saturday, October 15, 2011

स्वाभलम्बन सहकारीको साधारणसभा सम्पन्न


मणिराज गुरुङ
जोगिमार असोज २८ गते 
स्वाभलम्बन बचत तथा ऋण सहकारी संस्था जोगिमाराको १२ औं साधारणसभा आज जोगिमारा ९ मझिमटारमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टोपबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका सचिव पर्शुराम घिमिरे, कोषाध्यक्ष शेषराज अर्याल र लेखा संयोजक अशोक अधिकारीले संयुक्त रुपमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

साधारण सभाले संस्थाको बार्षिक नीति तथा कार्यक्रम समेत पारीत गरेको छ । ५ सय ३९ जना शेयर सदस्य रहेको संस्थको चालु पूँजी कुल ५३ लाख रहेको सो अवसरमा जानकारी दिइएको थियो । जोगीमारा गाउँ विकास समितिलाई कार्यक्षेत्र बनाएको सो सहकारी संस्थाले आय आर्जन मूलक गतिविधि सञ्चालन गर्दै छ । 

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।