गोरखा कट्टेल डाँडा असोज २८
सुर्योदय बचत तथा ऋण सहकारी संस्था कट्टेलडाँडा गोरखाको १७ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जीबनज्योती कट्टेलको अध्यक्षतामा सम्पन्न साधारणसाभामा जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शिवराम कट्टेल सहित छिमेकी सहकारी संस्थाका प्रतिनिधिहरुले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा संस्थाका सचिब राजेन्द्र बाबु अर्यालले वार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष किरणबाबु कट्टेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नूभएको थियो ।
सहकारीको साधारण सभा सम्पन्न
0 comments:
Post a Comment