गोरखा, च्याङ्ली असोज २८
बचत तथा ऋण सहकारी संस्था च्याङ्ली–९ गोरखाको छैटौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । जीतमान श्रेष्ठको अध्यक्षता रहको साधारणसभाको जेष्ठ नागरिक टेकबहादुर नहर्कीले उद्घाटन गर्नुभएको थियो । नेपाली काङ्ग्रेस गाउँ सभापति मानबहादुर थापा, एमाले गाउँ कमिटिका ईञ्चार्ज चीजकुमार श्रेष्ठ च्याङ्ली वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वसन्त श्रेष्ठ, मजुवा वचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष ईश्वरी श्रेष्ठ लगतायको उपस्थिति रहेको कार्यक्रममा निर्मला कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा समितिका कोषाध्यक्ष भक्तकुमार श्रेष्ठले संस्थाको लेखापरीक्षण प्रतिबेदन प्रस्तुत गनुभएको थियो ।
0 comments:
Post a Comment