Saturday, October 29, 2011

चियापान तथा सहकारी संस्था समन्वय वैठक सम्पन्न

धादिङबेसी कार्तिक १२
श्रोत परिचालन वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसको अवसर पारेर हिजो चियापान तथा सहकारी संस्था समन्वय वैठक सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको चियापान तथा वैठकमा विभिन्न सहकारी संस्थाका पमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
वैठकमा उपस्थितहरुले आ–आफ्नो संस्थाको परिचय दिइ विगत केही महिनादेखि नवसेको सहकारी समन्वय वैठकलाइ २-२ महिनाको विचमा वसी निरन्तरता दिने , आगामी वैठक भैरवी वचत तथा ऋण सहकारी संस्थामा पौष ९ गते गर्ने र उक्त वैठकमा आ–आफ्नो सहकारी को कार्यक्रमहरु पस्तुत गर्ने निर्णय गरिएको संस्थाका सचिव कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।