Saturday, October 29, 2011

देउपुरमा महिला द्वारा कफी सहकारी गठन

समिक्षा शर्मा, पर्वत १२ कार्तीक
कफी खेतीको लागि उर्वरा मानिएको पर्वत जिल्लाको देउपुर गाविसमा कफी खेतीको विस्तार, बजारिकरण तथा व्यवस्थापन गर्नको लागि स्थानीय महिलाहरुको भेलाले कालीका कफी सहकारी संस्थाको गठन गरेको छ
गठित सहकारीको अध्यक्षमा शान्ति तिमिल्सीना, उपाध्यक्षमा रीता चापागाई, सचिवमा गंगाकुमारी शर्मा, सह–सचिवमा कमला चापागाई र कोषाध्यक्षमा नारायणी तिमिल्सीना रहनुभएको छ भने सहकारीको सदस्यहरुमा शारदादेवी शर्मा र पुतली चापागाई रहनुभएको छ । भेलाले सारदादेवी तिमिल्सीना संयोजक, शारदा पौडेल तिमिल्सीना र लक्ष्मी पाध्या सदस्य रहेको लेखा समितिको समेत गठन गरेको छ । 
सो अवसरमा वोल्दै जिल्ला कफी व्यवसायी संघ पर्वतका अध्यक्ष एवं नेपाल कफी व्यवासयी महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद शर्माले बेरोजगारीता र अवसरको अभावमा युवा शक्ति बिदेशीरहेको वर्तमान अवस्थामा व्यवसायीक कफी खेतीवाट स्वरोजगार सृजना गर्न सकिने वताउनुभयो । शर्माले विश्व बजारमा नेपाली अर्गानीक कफीको माग प्रसस्त भएकोले खेर गईरहेको जग्गामा कफी खेती गरेर लाखौ आम्दानी गर्न सकिने वताउनुभयो ।
सो अवसरमा जिल्ला कफी व्यवसायी संघका सदस्य शालिग्राम तिमिल्सीना, कार्यक्रम संयोजक अनिशा लामिछाने, अर्गानिक कफी सहकारी संस्थाका सदस्य बावुराम तिमिमल्सीना लगायतले कफी खेतीको महत्व तथा सहकारीको आवाश्यकताको वारेमा वोल्नुभएको थियो । कार्यक्रमको संचालन तथा सहजीकरण जिवन्धर शर्मा र विनोद चापागाईले गर्नुभएको थियो ।
भेलाले देउपुर गाविसलाई कफी क्षेत्रको रुपमा विकास गर्ने तथा सहकारी अन्य विभिन्न आयआर्ज तथा विकासका कामहरुलाई अगाडी बढाउने निर्णय समेत गरेको जिल्ला कफी व्यवसायी संघ पर्वतले जनाएको छ ।



0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।