Sunday, October 16, 2011

सहकारीले शेयर सदस्यको जीवन बिमा गर्ने

२९ असोज, नुवाकोट ।
 विदुर नगरपालिका(४ विदुरस्थित दर्पण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सम्पूर्ण शेयर सदस्यहरुको जीवन बिमा गर्ने योजना ल्याएको छ ।
संस्थाको शनिबार सम्पन्न दोश्रो वाषिर्क वार्षिक साधारणसभाले आफ्ना ३८ जना शेयर सदस्यहरूको जीवन बिमा गर्ने योजना तय गरेको हो ।
संस्थाका अनुसार प्रत्येक शेयर सदस्यहरुको ५० हजारका दरले जीवन बिमा गरिने छ । नुवाकोट जिल्लामा हाल २८३ सहकारी संस्था सञ्चालनमा रहेकामा शेयर सदस्यको जीवन बिमाको योजना ल्याउने दर्पण पहिलो हो । संस्थाले बचत तथा ऋण र आर्थिक कारोबार मात्र नभई सदस्यहरुको सामाजिक सुरक्षाका लागि यस्ता खाले कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन लागेको सहकारीका अध्यक्ष राजकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।
संघको साधारण सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष बैकुण्ठ मिश्रले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको हितका लागि ल्याइने यस्ता कार्यक्रमहरुले सहकारीको भवनालाई अझ ब्यापक बनाउने सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।