Thursday, October 13, 2011

सन् २०१२ लाई सहकारी वर्ष मनाइने तयारी

काठमाडौं, असोज २७
 सरकारले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाउने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद बैठकले सहकारीको विकास र प्रवर्द्धन गर्न २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउन कृषि तथा सहकारीमन्त्री नन्दनकुमार दत्तको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने क्रममा सञ्चालन गरिने कार्यक्रम कार्यान्वयन गर्न कृषि तथा सहकारी सचिव उमाकान्त झाको संयोजकत्वमा कार्यन्वयन समिति बनाइएको छ। सहकारी वर्ष कार्यक्रमअनुसार २०१२ मा सहकारीका माध्यमबाट मुलुकमा गरिबी निवारण, मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुग्ने योगदानबारे जनचेतना, सहकारी विकास र प्रवर्द्धनमा आवश्यक कानुन, नीतिनियम बनाउने तथा पिछडिएका क्षेत्र र वर्गमा सहकारीको पहुँच बढाउने कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ। Tuesday, 11 October 2011 08:18 नागरिक

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।