नुवाकोट असोज २६ गते
सरकारले बजेटमार्फत कृषि सहकारीलाई ब्यवसायिक अनुदान दिने नीति लिएपछि नुवाकोटमा कृषि सहकारी दर्ता गर्ने क्रम बढेको छ । सरकारी अनुदान लिनका लागि भएपनि सहकारी दर्ता गर्नुपर्ने भएपछि नया आर्थिक वर्ष सुरु भएको दुई महिना भित्रै पाँच वटा कृषि सहकारी दर्ता भएको डिभिजन सहकारी कार्यालय नुवाकोटले जनाएको छ ।सामान्यतया बचत तथा ऋणको कारेबार गर्ने सहकारीको दर्ता बढी हुने गरेको भए पनि यो वर्ष ठिक उल्टो भएको छ । दुई महिनामा जम्मा नौ सहकारी दर्ता भएका छन् । जसमध्ये बचत तथा ऋण र उपभोक्ता सहकारी दुई दुई वटा दर्ता भएका छन् । चालु आवमा दर्ता भएका सहकारीमा भद्रुटारको जनजाग्रीती, कविलासको सम्बृद्धि, जिलिङको जनकल्याण, विदुर नगरपालिका ९ को भेटघाट र खिञ्चेत सहकारी रहेका छन् । नुवाकोटमा ५० वर्षको सहकारी इतिहासमा हालसम्म ७५ वटा कृषि सहकारी दर्ता भएका छन् । यसबीचमा दर्ता भएका बहुउद्देश्यीय सहकारीको संख्या ९० छ । बचत तथा ऋण सहकारी एक सय वटा, दूग्ध उत्पादन सहकारी १० वटा, सामुदायिक विकास सहकारी ७ वटा, उपभोक्ता सहकारी ५ वटा तथा माछा,यातायात र सञ्चार सहकारी एक÷एक वटा दर्ता भएका छन् ।
सरकारले चालु आवको वार्षिक बजेट मार्फत सहकारीलाई अर्थतन्त्रको तीन खम्बाको एक खम्बा मानेपछि सहकारीको विकास बढेको हो । सामुहिक सहकारी खेति गर्नका लागि सरकारी स्वामित्वको भूमि उपलब्ध गराउने, कृषि उद्योग सञ्चालन गर्न उपकरणमा ७५ प्रतिशतसम्म अनुदान दिने, बैंकको लगानी कृषिमा आकर्षित गरी ब्याजदर घटाउने जस्ता सहुलियत र अनुदानका कार्यक्रम ल्याएपछि नुवाकोटमा कृषि सहकारी संस्था दर्ता गर्नेको संख्या बढेको डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत रोमाकान्त काफ्लेले बताउनुभयो ।

0 comments:
Post a Comment