Friday, October 14, 2011

सलाङघाट तरकारी उत्पादक सहकारीको साधारण सभा सम्पन्न

रोशन त्रिपाठी
सलाङ असोज २७
सलाङघाट फलफूल तथा तरकारी उत्पादक सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन पुनः रामप्रसाद पाण्डेनै अध्यक्ष रहनेगरी कार्यसमिति पुनर्गठन भएको छ । पुनर्गठित ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कृष्ण कोइराला, सचिवमा नवराज खतिवाडा र कोषाध्यक्षमा डम्बरबहादुर लोहनी चयन हुनुभएको छ ।
अधिवेशनले सञ्जिव सिलवालको संयोजकत्वमा लेखा समिति, रामहरि रुपाखेतीको संयोजकत्वमा शिक्षा उपसमिति र प्रेमनाथ सिलवालको संयोजकत्वमा सल्लाहकार समिति समेत चयन गरेको छ । यसअघि आजै भएको अधिवेशन उद्घाटनशत्रमा सहकारीका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षता र केन्द्रीय फलफूल तथा तरकारी सहकारी संघका अध्यक्ष विनोद पराजुलीको प्रमुख आतिथ्य रहेको थियो ।
अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि पराजुलीले कृषि क्षेत्रलाई राज्यले चासो नदिएको बताउनु भयो । कृषि र कृषकका लागि केन्द्रीय स्तरबाट नयाँ–नयाँ योजना र कार्यक्रम आएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको गुनासो थियो । २ सय ९ जना शेयर सदस्य रहेको सहरकारीले तरकारी तथा फलफूलको उत्पादन तथा विक्री वितरण गर्दै आएकोे छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।