Tuesday, September 20, 2011

सहकारीको वार्षिकोत्सवमा प्लाष्टिक मुक्तु अभियान


काभ्रेपलाञ्चोक असोज ३ 
बनेपा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं वार्षिकोत्सवमा बनेपामा प्लाष्टिक मुक्त अभियानु शुरू गरेको छ ।
सो अवसरमा राष्ट्रिय सहकारी सङ्घका उपाध्यक्ष विजयराज घिमिरेले यस्तो अभियानले आमनागरिकमा समग्र सहकारीप्रति विश्वास थपेको बताए । यसले समाजलाई प्रत्यक्ष प्रभाव पार्ने र वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ, उनले भने । सहकारीले कुनै क्षेत्रको विरोध नगरी आफ्नो योजना र लक्ष्य प्राप्तिमा इमान्दार ढङ्गबाट अगाडि बढिरहेको घिमिरेले बताए ।
कार्यक्रममा उक्त सहकारीकी उत्कृष्ट बचतकर्ता नगिना कोख श्रेष्ठ, उत्कृष्ट ऋणी श्रीकुमार कर्माचार्य र उत्कृष्ट लघुवित्त सदस्य सोनी प्रजापतिलाई उनले सम्मान गरे । सो सहकारीले आराध्यदेवी चण्डेश्वरी माई मन्दिरको जिर्णोद्धार तथा सुनको मोलम्बा लगाउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएबापत चण्डेश्वरी छाना सुधार समितिका सदस्य रामगोपाल कायस्थ, बनेपा नगर क्षेत्रभित्रका विद्यालयमध्ये प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र सुरज श्रेष्ठ, कर्मचारी नविना श्रेष्ठ र पूर्वकर्मचारी यशोदा पोटेलाई पनि सम्मान गरेको थियो ।
उक्त सहकारीमा हाल १ हजार ३ सय ६२ सदस्य छन् । रू। ३ करोड ८२ लाख कुल निक्षेप भएको संस्थाको शेयर पूँजी रू। १ करोड ८४ लाख छ । संस्थाले यस वर्षमात्रै करीब रू। २५ करोड कारोबार गरी रू। ८ लाख ५२ हजार नाफा गरेको संस्थाका प्रबन्ध सञ्चालक जितेन्द्र नकर्मीले जानकारी दिए ।
बनेपालाई प्लाष्टिकमुक्त बनाउने अभियानमा यहाँका अन्य सहकारी तथा सङ्घसंस्थासँग मिलेर काम गर्छौं, बनेपा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमन पोटेले भने । समारोहमा स्थानीयबासीलाई प्लाष्टिकको सट्टा कपडाको झोला वितरण गरी अभियान शुरू गरिएको थियो । अभियान राष्ट्रिय दैनिक भदौ २६ बाट साभार

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।