राजन गाउँले
असोज २, सिन्धुली । महिला तथा बालबालिका कार्यालय सिन्धुलीको सहयोगमा जिल्लाका ३८ गाविसका विपन्न महिला सहकारी संस्था गठन गरी आयआर्जनमा लागेका छन् । उनीहरूलाई यो अवसर एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा लैङ्गिक समनता र महिला सशक्तीकरण आयोजनालेजुटाइदिएको हो ।कार्यालयका अनुसार अहिलेसम्म ३८ गाविसमा १ हजार ८ सय १० ओटा महिला समूह गठन भइसकेको छ । उनीहरूले ती समूहअन्तर्गत २१ ओटा महिला सहकारी संस्था गठन गरी बचत गरिरहेका छन् । समूहका महिलाले आफ्नो आयको क्षमताअनुसार मासिक बचत गर्ने गरेको कार्यालयले बताएको छ ।
सहकारीमा आबद्ध महिलाले १ सय ४८ ओटा भिन्नाभिन्नै समिति गठन गरेर कार्यसम्पादन गरिरहेका छन् । ती सहकारीमा १२ हजार ५ सय १८ महिला आबद्ध छन् । रू। ९० लाख ३७ हजार बचत सङ्कलन गरिसकेका महिलालाई कार्यालयले बीउ पूँजीका रूपमा रू। १२ लाख ३० हजार सहयोग गरेको उक्तकार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठले जानकारी दिइन् ।
उक्त आयोजनाअन्तर्गत ककुरठाकुर, रानिचुरी, बेलघारी, रत्नावती, नेत्रकाली, हरिहरपुरगढीलगायत ३८ गाविसका महिलाले नियमित बचत तथा ऋण प्रवाहका माध्यमबाट आयमूलक तथा भौतिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरेको उनले बताइन् । यहाँका महिलाले मौसमी तथा बेमौसमी तरकारी, साना लघु उद्यमका साथै बाख्रा तथा बङ्गुर पालनलगायत व्यवसायबाट आम्दानी गर्न थालेका छन् । उनीहरूले मासिक रू। ५ हजारदेखि रू। १० हजारसम्म आम्दानी गर्न थालेका छन्, श्रेष्ठले भनिन्, उनीहरू पुरुषसरह भौतिक पूर्वाधार विकासमा समेत जुटेका छन् ।कार्यालयको आव २०६७र०६८ को प्रगति प्रतिवेदन जिविसले आयोजना गरेको समीक्षा कार्यक्रममा प्रस्तुत गर्दै श्रेष्ठले भनिन्, उनीहरूलाई दिगो संस्था व्यवस्थापन र आत्मनिर्भरताका लागि थप सहयोगको खाँचो छ । कार्यालयले गत आवमा आयोजना सञ्चालनका लागि पूँजीगततर्फ रू। १ करोड २७ लाख ४० हजार र चालू खर्चतर्फ रू। १ करोड ८ लाख ४० हजार, प्रशासनिकतर्फ रू। ५४ लाख ८ हजार, महिला सशक्तीकरणतर्फ रू। ५४ लाख ३१ हजार गरेको श्रेष्ठले जानकारी दिइन् । सहकारीमा आबद्ध महिला लैङ्गिक तथा महिला सशक्तीकरण, एचआईभी एड्स तथा यौन शिक्षामा समेत सचेत बन्दै गएको उनले बताइन् ।

0 comments:
Post a Comment